न्यायिक समितिमा झगडाका मुद्धा बढी

  प्रकाशित मिति
२३ माघ २०७६, बिहीबार २०:१२


रेवतिराज घिमिरे

भद्रपुर । झापाको भद्रपुर नगरपालिका भित्र रहेको न्यायिक समितिले यस आर्थिक वर्षको पुस मसान्तसम्ममा पहिलो पटक घरेलु हिंसा खेपिरहेकी एक बालिकाको समितिमा निवेदन आएको एक घण्टा भित्रमा वार्ताको माध्यमबाट मेलमिलाप गराई घरमा बस्न पाउने सहज वातावरण बनाएको छ ।

गत साउनदेखि पुस मसान्तसम्मको ६ महिनाको अवधिमा न्यायिक समितिमा दर्ता भएका ४४ वटा विभिन्न मुद्धामध्ये भद्रपुर–१० निवासी टेकबहादुर बस्नेतकी छोरी वर्ष १७ की अनुसा बस्नेतले दिएको निवेदनउपर छलफल गरिएको हो ।

आफ्नी आमा नभएकी अनुसालाई सौतेनी आमा र बुवाले विगत ५ बर्षदेखि खानलाउन नदिने, दिनदिनै कुटपिट गर्ने जस्ता विभिन्न अमानवीय गतिविधि गरेकोले न्याय पाउँ भनी गत पुस २० गते पीडित अनुसाले नगरपालिकाको न्यायिक समितिमा निवेदन दिएकी थिइन् ।

निवेदन दिएको एक घण्टाभित्र पीडक र पीडित दुबै पक्षलाई राखी वार्ताको माध्यमबाट मेलमिलाप गराई सहज वातावरण प्रदान गरिएसँगै दुवैपक्ष मेलमिलाप गरी बस्ने भन्ने निर्णय गरिएको न्यायिक समिति संयोजक तथा नगर उपप्रमुख चन्द्रमाया श्रेष्ठले बताइन् ।

कक्षा ११ मा विरेन्द्र माविमा अध्ययनरत् अनुसालाई आफ्नी सौतेनी आमा र बावुले पटकपटक विनाकारण कुट्ने, गालीगलौज गर्ने, लाउनखान समेत नदिने गरेकाले नगर बाल क्लको सहयोगमा पीडित अनुसाले समिति समक्ष निवेदन दिएको संयोजक श्रेष्ठले बताइन् ।

उनले पीडितका बाबु टेकबहादुर र सौतेनी आमालाई मेलमिलापको माध्यमबाट अनुसालाई आइन्दा यस्तो व्यवहार नगर्न सुझाव दिँदै बाल क्लबको निगरानीमा अनुगम गर्ने समेत जानकारी दिइन् ।

न्यायिक समितिमा गत साउनदेखि पुस मसान्त सम्मको ६ महिनाको अवधिमा दर्ता भएका मुद्धा सङ्ख्या ४४ रहेका छन् भने गत आवका निर्णय हुन बाँकी मुद्धाहरुको सङ्ख्या ३० रहेको संयोजकले बताइन् ।

यसैगरी, कुल निर्णय गर्नुपर्ने उजुरी सङ्ख्या ७४ र निर्णय भएका उजुरी सङ्ख्या ४१ रहेको संयोजक श्रेष्ठले जानकारी दिइन् ।

चालु वर्षको पुस मसान्तसम्ममा निर्णय गर्न बाँकी बिवाद सङ्ख्या २९ वटा रहेका छन् भने तामेलीमा रहेका उजुरी सङ्ख्या ४ वटा रहेका छन् ।

खानबस्न पाउँ, न्याय दिलाई पाउँ, रकम असुल उपर गरी पाउँ, मेलमिलाप गराई पाउँ जस्ता अधिकांश घरायसी झै झगडाका मुद्धाहरु न्यायिक समितिमा आउने गरेको समितिले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: