न्याय माग्दै काँकरभिट्टामा प्रदर्शन

  प्रकाशित मिति
३० भाद्र २०७५, शनिबार १५:४०


काँकरभिट्टा । कञ्चनपुरकी १३ वर्षीया निर्मला पन्तको हत्यारा सरकारले पत्ता लगाउन नसकेको विरोधमा ‘निर्मलाका लागि न्याय’ अभियान अन्तर्गत शनिवार देशैभर प्रदर्शन भएको छ ।

सुदूर पूर्वी सहर काँकरभिट्टामा समेत अभियानमा जुटेका साहित्यकार, कलाकार, प्राध्यापक, विद्यार्थी, पत्रकार तथा सर्वसाधारणले निर्मलालाई न्याय दिलाउन प्रदर्शनमा गोलबद्ध भएका छन् ।

‘निर्मलाका लागि न्याय’ लेखिएका प्लेकार्ड बोकेका प्रदर्शनकारीले काँकरभिट्टा बजार परिक्रमा पश्चात स्थानीय हनुमान मन्दिर परिसरमा कोणसभा गरेका थिए ।

कोणसभालाई रिडर्स झापाका अध्यक्ष उज्ज्वल प्रसाई, साहित्यकार पुण्यप्रसाद खरेल, धुलावारी क्याम्पसका प्रमुख पुष्प पौडेल, सौरभ मैनाली लगायतले सम्बोधन गर्दै निर्मलाको बलात्कारी हत्यारालाई शीघ्र पहिचान गरी कडा कार्वाही गर्नु पर्ने माग गरेका थिए ।

वक्ताहरुले घटनाको अनुसन्धानमा प्रहरीले गरेको लापरवाही र अपराधीलाई कार्वाही गर्ने विषयमा सरकारले देखाएको उदासिनताको कडा शब्दमा विरोध जनाएका थिए ।

कार्यक्रमको आयोजना रिडर्स झापा, देही आर्ट र परिवर्तन थिएटरले गरेका थिए ।

यस्तै प्रदर्शन काठमाडौँ, विराटनगर, हेटौडा लगायत ठूला सहरमा भएका छन् ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: