न्यू लाइफको अध्यक्षमा विक्रम

  प्रकाशित मिति
२४ जेष्ठ २०७३, सोमबार ०६:००


bikramjiविर्तामोड । विर्तामोडस्थित न्यू लाइफ रिह्याबिटेसन सेन्टरको कार्य समिति अध्यक्षमा बिक्रम राई चयन भएका छन् ।

समितिका यस अघिका अध्यक्ष जीवन प्रसाईले घरायसी व्यस्तताको कारण जनाउँदै आफ्नो पदबाट राजीनामा दिएपछि कार्य समितिको बैठकले नयाँ अध्यक्ष चयन गरेको हो ।

प्रसाईले जेठ २३ गते पदबाट लिखित राजीनामा दिएका थिए भने कार्य समितिको सोही दिन बसेको बैठकले राईलाई नयाँ अध्यक्ष चयन गरेको थियो ।

विर्तामोडको पुरानो भद्रपुररोडमा सेन्टर सञ्चालनमा रहेको छ ।

कार्य समितिको बैठकले समितिको सदस्यमा छवि सापकोटा, सुनिल धिमाल, दिलु लिम्बु, वेणुप प्रसाई र अर्जुन लिम्बुलाई चयन गरेको छ ।
नवनिर्वाचित अध्यक्ष राईले संस्थालाई कुशलतापूर्वक अघि बढाएर लैजाने प्रतिबद्धता जनाएका छन् ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: