पकुवाल केसीसी पत्रकारिता अवार्डद्वारा सम्मानित हुँदै

  प्रकाशित मिति
६ भाद्र २०७५, बुधबार १५:२४


झापा । भद्रपुरबाट प्रकाशित बरुण साप्ताहिककी सम्पादक माया पकुवाल कान्तिपुर सिटी कलेज (केसीसी) काठमाडौंद्वारा स्थापित ‘केसीसी पत्रकारिता अवार्ड २०७५ बाट सम्मानित हुने भएकी छिन् ।

नेपाली पत्रकारिताको व्यावसायिक अभ्यासमा समर्पित भई देश र जनताको सेवामा महत्वपूर्ण योगदान पुर्याए वापत पकुवाललाई सो पुरस्कार प्रदान गरिने भएको हो ।

पुरस्कार छनौट समितिको यही भदौ ४ गते बसेको बैठकले पकुवाललाई पुरस्कार प्रदान गर्ने निर्णय गरेको थियो ।

पुरस्कार यही भदौ १० गते केसीसी मिडिया जर्नल अङ्क–२ को हस्पिटलको सभाहलमा हुने विमोचन समारोहमा प्रदान गरिने आम सञ्चार तथा पत्रकारिता विभागका संयोजक राजीव तिम्सिनाले बताए ।

 

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: