पक्राउ परेका लागुऔषध दुव्र्यसनी क्वारेन्टाइनमा

  प्रकाशित मिति
१० बैशाख २०७७, बुधबार १९:०९


मेचीनगर । लकडाउन उल्लंघन गरी सीमा नाका कटेर भारत जान प्रयास गर्ने ६ जना लागुऔषध दुव्र्यसनीलाई बुधबार पक्राउ गरी ईटाभट्टाको क्वारेन्टाइनमा राखिएको छ ।

इलाका प्रहरी कार्यालय काँकरभिट्टाका अनुसार लागुऔषध दुव्र्यसनको कुलतमा लागेका उनीहरु भारतको पानीट्याङ्की जान खोज्दा पक्राउ गरी ईटाभट्टाको आर्दश माविको क्वारेन्टाइनमा राखिएको हो ।

लकडाउनको पालना नगरेर बजार तथा सीमा नाकामा उदण्ड मचाउने लागुऔषध दुव्र्यसनको कुलतमा लागेका उनीहरुलाई पक्राउ गरी क्वारेन्टाइनमा राखिएको डिएसपी राजेन्द्र पोखरेलले जानकारी दिए ।

‘उनीहरुको क्वारेन्टाइनमा कडा सुरक्षाका साथ राखिएको छ’ वन वातावरण तथा विपद व्यवस्थापन समितिका संयोजक टिकाराम मंग्रातीले भने–‘१४ दिनसम्म स्वास्थ्य जाँचका साथै सुधार केन्द्रबाट आएका प्रतिनिधिले परामर्श दिनेछन् ।’

त्यसपछि पनि सुधार नभए केन्द्रमा नै पठाइदिने व्यवस्था मिलाउने उनले बताए ।

यसअघि विभिन्न वहना बनाएर पानीट्याङ्की जान खोज्ने लागुऔषध दुव्र्यसनीहरुलाई पक्राउ गरी क्वारेन्टाइनमा राखिएको छ भने क्वारेन्टाइनको अवधि पुरा गरेका मेचीनगर बाहिरकालाई आ–आफ्नो पालिकामा पठाइएको डिएसपी पोखरेलले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: