पढाएर फर्किइन् क्लाउडिया

  प्रकाशित मिति
१६ माघ २०७३, आईतवार १४:१३


claudiaबुधवारे । एक महिनासम्म शिक्षण सम्बन्धी तालिम प्रदान गरेर स्वदेश फर्किन लागेकी स्वयम्सेवी शिक्षक तथ स्वीट्जरल्यान्ड नागरिक क्लाउडियालाई शुक्रवार यहाँको नवकिरण आधारभूत विद्यालयले सम्मानसहित विदाइ गरेको छ ।

फ्रेन्डसिप नेपाल नामक संस्थालाई निस्वार्थ रुपमा ठूलो आर्थिक सहयोग गर्दै आएकी क्लाउडियाले सोही संस्थाको पहलमा नवकिरणमा एक महिनासम्म विभिन्न शिक्षण विधि सिकाउँदै आएकी थिइन् ।

विदाई समारोहमा क्लाउडियाको योगदानको प्रशंसा गर्दै कार्यक्रमका प्रमुख अतिथि नेपाल पत्रकार महासङ्घका पूर्व केन्द्रीय सदस्य मोहन काजी, समारोहका सभापति एवम् विद्यालय व्यवस्थापन समितिका अध्यक्ष मनिष खतिवडा, विद्यालयका प्रधानाध्यापक राजु खत्री, व्यवस्थापन समितिका सदस्य खड्ग खत्री, सल्लाहकार बलबहादुर श्रेष्ठ लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

शिक्षक खेम कट्टेलले सञ्चालन गरेको कार्यक्रममा स्वीस नागरिक क्लाउडिया र उनका पति ओलान्सलाई फुलमाला, दोसल्ला र अविरले सम्मान गरिएको थियो । शिक्षक तथा विद्यार्थीले मायाको चिनो पनि प्रदान गरेका थिए ।

बुधवारे–७ स्थित सो विद्यालयमा धिमाल लगायत विपन्न समुदायका वालवालिकाले कक्षा ८ सम्म अध्ययन गर्दै आएका छन् । विद्यालयमा विगत दश वर्षदेखि फ्रेन्डसिप नेपालले ३ जना शिक्षकलाई तलव सुविधा प्रदान गरिरहेको छ ।

शुक्रवार नै प्mेन्डसिप नेपालको आयोजनामा बुधवारे–७ मा भएको उद्घोषण तालिमको स्वीस नागरिक क्लाउडियाले उद्घाटन गरिन् ।
विष्णु राईको सभापतित्वमा भएको उद्घाटन कार्यक्रममा साहित्यकार टङ्क विकल्पले ६ दिनसम्म प्रशिक्षण प्रदान गर्ने शिक्षक खेम कट्टेलले जानकारी दिए ।

तालिममा स्थानीय विभिन्न संस्थामा आवद्ध २५ जना महिला दिदीबहिनीले सहभागिता जनाएका छन् ।
(लोकतन्त्र पोस्ट दैनिकमा प्रकाशित)

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: