पढ्न पाउँदैनन् कैदीबन्दी

  प्रकाशित मिति
१६ पुष २०७४, आईतवार १६:५०


भद्रपुर । जिल्ला कारागार झापा अन्तर्गत रहेको बन्दी विकास पुस्तकालय भवन जीर्ण र सानो भएकाले पुस्तकालय व्यवस्थापनमा समस्या आउन थालेको छ ।

तत्कालीन जिल्ला विकास समिति झापाका सभापति अर्जुन राईको सकृयता तथा जिल्ला प्रशासन कार्यालय झापाको सहयोगमा वि.संं.२०५४ सालमा स्थापित भवन कैदी बन्दीको सङ्ख्यामा बृद्धि भएसँगै साँघुरो हुँदै गएको हो ।
कैदी बन्दीलाई शिक्षा र ज्ञान प्रदान गर्नुका साथै मनोरञ्जन समेत दिने उद्देश्यले स्थापित यस पुस्तकालयमा विभिन्न दाताबाट पुस्तक प्राप्त भएका थिए ।

पुस्तकालयका अध्यक्ष ऋतुवर्ण नेम्वाङले आफैँमा पुरानो भवन त्यसमा पनि बन्दीको सङ्ख्या क्षमताभन्दा बढी भएका कारण दुःखले पुस्तकालय व्यवस्थापन गरिरहेका बताए ।

२७५ जना कैदी बन्दीको क्षमता रहेको कारागारमा पछिल्लो समय ८ सय भन्दामाथि पुरुष कैदी बन्दी मात्र रहने गरेका र उनीहरुले एकैसाथ अध्ययन गर्न समस्या हुने गरेको पुस्तकालयका सचिव युवराज गिरीले जानकारी दिए ।
उनले पुस्तकायसँगै कारागार भवन नै साँघुरो र जीर्ण भएकाले बन्दीलाई जिउन अत्यन्त कष्ठकर भएको गुनासो गरे । राज्यले सङ्घीय संरचना बमोजिम नयाँ कारागार भवनको निर्माणसँगै पुस्तकालय भवनको समेत निर्माण गरी कैदी बन्दीलाई सहजता प्रदान गर्नुपर्ने सचिव गिरीको भनाई रहेको छ ।

पुस्तकालयले जिल्ला कारागारभित्र रहने हरेक मानिसको स्वास्थ्य, शिक्षा, खेलकुद तथा मनोरञ्जनलाई पूरा गर्नको निम्ति अवसर प्राप्त गरेको बन्दीहरुको भनाई छ । सीमित स्रोत र साधनबाट सुरुवात भएको पुस्तकालयले समयसँगै आप्mनो कार्य क्षेत्रलाई फराकिलो पार्दै लानुपर्ने उनीहरुले बताए ।

हाल सो पुस्तकालयले विभिन्न मुद्दाको शिलान्यासमा आउने नवप्रवेशी कैदी बन्दीले पुस्तकालयको साधारण तथा आजीवन सदस्य बनेर प्राप्त गर्नेले ३ सयदेखि १ हजार ५० रुपैयाँसम्म ंरकम, टेलिफोन प्राप्त गरेवापत हुने आम्दानी, सरकारले दिने ७ सय ग्राम चामल र दैनिक ४५ रुपैयाँ बाहेकका सबै सेवा र सुविधा बन्दीलाई पुस्तकालयले सेवा प्रवाह गर्दै आइरहेको छ ।

पुस्तकायलयमा साहित्य, उपन्यास, विज्ञान, कृषि, सहकारी, कानुन लगायत विभिन्न धार्मिक तथा मनोरञ्जनात्मक ३ हजार भन्दा बढी विभिन्न पुस्तकसहितको आधुनिक लाइब्रेरी, पत्रपत्रिका लगायतका सामग्री भवनमा रहेका छन् ।
यसको संरक्षण र सम्वर्धन पुस्तकालय आफैँले गरिरहेको कैदी बन्दीले जनाएका छन् । महिला कैदी बन्दीका लािग भने छुट्टै कारागार भवन भएकाले पुस्तकालयको प्रयोग गर्न पाउँदैनन् ।

सञ्चालन समिति अध्यक्षमा ऋतुवर्ण नेम्वाङ, उपाध्यक्षमा मोहन धिताल, सचिवमा युवराज गिरी, सहसचिवमा अर्जुन लिम्बू र कोषाध्यक्षमा पर्वत भेटवाल लगायत ११ सदस्यीय कार्यसमितिले पुस्तकालयको संरक्षण गरिहेको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक : अर्जुन कार्की
सम्पादक: अम्विका भण्डारी
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: