पति विदेशमा भएकी महिलाको छिमेकीद्वारा हत्या

  प्रकाशित मिति
२ आश्विन २०७८, शनिबार ०७:५८


झिलझिले, २ असोज । पाँच दिन अघि छिमेकीको ज्यानमारे आक्रमणमा घाइते भएकी यहाँकी एक महिलाको हिजो मृत्यु भएको छ । पति विदेशमा भएकी उनको हत्या भएको हो ।

मृत्यु हुने शिवसताक्षी नगरपालिका वडा  नं. ३ बस्ने ३७ वर्षीया शुष्मा लिम्बु हुन् ।

उपचारको क्रममा विराटनगरको नोबेल हस्पिटलमा उनको शुक्रवार साँझ ६ बजे मृत्यु भएको प्रहरीले जनाएको छ ।

घटना विवरण अनुसार भदौ २८ गते विहान ११ बजेतिर छिमेकी ३४ वर्षको देबबहादुर मिस्त्रीले बाम्फोक प्रहार गर्दा शुष्मा गम्भीर घाइते भएकी थिइन् ।

त्यसपछि उनलाई उपचारका लागि बीएन्डसी र त्यहाँबाट नोबेल मेडिकल कलेज पुर्याइएको थियो । उपचारकै क्रममा उनको मृत्यु भएको हो ।

शुष्मा र अभियुक्त मिस्त्री छिमेकी हुन् । शुष्माका पति कुमार लिम्बु वैदेशिक रोजगारीका लागि विदेशमा छन् ।

अर्काको जग्गा अँधिया लिएर खेतीपाती गरी जीवन गुजार्दै आएका दुबै परिवारबीच बेमेल भएको यसअघि केही थाहा नभएको सथनीयबासी बताउँछन् ।

अभियुक्त मिस्त्रीलाई प्रहरीले भदौ ३१ गते नै पक्राउ गरिसकेको छ । हाल अनुसन्धानका लागि ७ दिनको म्याद थपेर मिस्त्रीलाई हिरासतमा राखिएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: