पत्नीलाई आत्महत्या गर्न बाध्य बनाएको अभियोगमा अभिषेक थुनामा

  प्रकाशित मिति
१८ जेष्ठ २०७७, आईतवार २०:३८


अभियुक्त अभिषेक कार्की ।

इलाम, १८ जेठ । इलाम जिल्ला अदालतले आत्महत्या दुरुत्साहनको अभियोगमा सूर्योदय नगरपालिका वडा नं. २ निवासी २४ वर्षीय अभिषेक कार्कीलाई आइतवार पुर्पक्षका लागि थुनामा राख्ने आदेश दिएको छ ।

पाँच वर्ष अघि विहे गरेकी पत्नी देवका भण्डारी कार्की (जीना)लाई उनले पटकपटक शारीरिक र मानसिक हिंसा गर्दै आएका थिए । पत्नीलाई आत्महत्या गर्न बाध्य बनाएको अभियोग अभिषेकलाई लागेको छ ।

गत वैशाख १३ गते विहानको राति घरमै विष सेवन गरेको अवस्थामा जीनाको शंकास्पद मृत्यु भएपछि अभिषेकविरुद्ध जीनाको माइती पक्षले आत्महत्या दुरुत्साहनको अभियोगमा कानूनी कार्वाहीको माग गरेको थियो ।

इलाम जिल्ला अदालतका श्रेस्तेदार दिलकुमार बर्देवाले अभियुक्त अभिषेकलाई पुर्पक्षका लागि थुनामा राख्ने आदेश दिएका हुन् । न्यायाधीशको उपस्थितिमा पछि छलफल हुनेगरी श्रेस्तेदारले अभियुक्तलाई पुर्पक्षका लागि थुनामा पठाउने वा धरौटीमा छाड्ने आदेश गर्न सक्ने व्यवस्था छ ।

आदेशपछि अभियुक्त अभिषेकलाई इलाम जिल्ला कारागारमा लगिएको छ ।

मृतकका बुवा भीमबहादुर भण्डारीले वैशाख १६ गते नै पशुपतिनगर इलाका प्रहरी कार्यालयमा घटनाको गहिरो अनुसन्धान गरिपाउँ भन्दै अभियुक्त अभिषेकविरुद्ध किटानी जाहेरी दिएका थिए ।

इप्रका पशुपतिनगरले इलाम जिल्ला अदालतबाट जारी भएको पक्राउ पूर्जीका आधारमा अभियुक्त अभिषेकलाई तत्कालै पक्राउ गरी अदालतबाट म्याद थप्दै २५ दिन हिरासतमा राखेर घटनाको अनुसन्धान गरेको थियो ।

नेपालमा मुलुकी अपराधसंहिता २०७४ जारी भएपछि इलाममा आत्महत्या दुरुत्साहनको यो पहिलो मुद्धा थियो । जिल्ला सरकारी वकिलको कार्यालय इलामले सम्मानित अदालतसमक्ष अभियुक्त अभिषेकलाई मुलुकी अपराधसंहिता २०७४ मा व्यवस्था भए अनुसार आत्महत्या दुरुत्साहनको अभियोगमा हदैसम्मको कैद सजाय माग गरेको छ ।

मृतक देवका भण्डारी कार्की (जीना) ।

मृतकका वुवा भीमबहादुर भण्डारीका अनुसार अभियुक्त अभिषेकले जीनालाई पटकपटक शारीरिक र मानसिक हिंसा गर्दै आएका थिए ।

मृत्यु भएको राति पनि अभियुक्त अभिषेकले झगडा गर्दै जीनालाई कुटपिट गरेका थिए । घरमा पति र पत्नी मात्र भएको अवस्थामा अभिषेकले भयङ्कर झगडा गरेको भनी सोही राति गाउँलेहरुले अभिषेकका बुवालाई समेत जानकारी गराएका थिए ।

जीनाले विष सेवन गरेको भन्दै एक जना गाडीवालालाई विहान घरमा बोलाएर अभिषेकले माइती पक्षलाई समेत जानकारी नदिई अस्पताल लैजान लागेका थिए । तर, गाडीवालाले जीनाको मरणासन्न अवस्था बारेमा माइती पक्षलाई तत्कालै जानकारी दिएका थिए ।

विषका कारण घरमै वेहोश अवस्थामा पुगेकी जीनालाई उपचारका लागि फिक्कल र विर्तामोड पुर्याइएको थियो । वीएन्डसी हस्पिटल पुर्याउँदा चिकित्सकहरुले ल्याउनु अघि नै जीनाको मृत्यु भइसकेको घोषणा गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: