पत्नीले अर्को दल रोजेपछि सांसद पतिद्वारा सम्बन्धविच्छेद घोषणा

  प्रकाशित मिति
९ पुष २०७७, बिहीबार १८:२४


झापा, ९ पुस । पत्नीले अर्कै पार्टी रोजेपछि भारतको पश्चिम बंगाल राज्यमा दुई राजनीतिज्ञको एक दशक लामो वैवाहिक जीवन समाप्त हुने स्थितिमा पुगेको छ ।

सुजाता मण्डल खानले बीजेपी छोडेर त्रिनामोल कङ्ग्रेस पार्टी टीएमसी रोजेपछि उनका पति भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको दल भारतीय जनता पार्टीका सांसद सौमित्र खानले सम्बन्ध विच्छेद गर्न चाहेको सूचना पठाएका छन् ।

पश्चिम बंगालमा केही महिनामा प्रान्तीय निर्वाचन हुँदैछ जसमा बीजेपी र टीएमसीबीच मुख्य प्रतिस्पर्धा हुने आँकलन गरिएको छ ।

श्रीमती खानले सोमबार बीजेपी छोडेर टीएमसी आएको घोषणा गरेकी थिइन् । उनले आफूले यथोचित सम्मान नपाएको र बीजेपीले अन्य दलका भ्रष्ट नेताहरूलाई स्थान दिएको आरोप लगाएकी थिइन् ।

त्यसको केही घण्टापछि हतारमा बोलाइएको प्रेस सम्मेलनमा ४० वर्षीय श्रीमान् खानले आँखाभरि आँसु पार्दै श्रीमतीसँग १० वर्षे यात्रालाई पूर्णविराम दिने घोषणा गरेका थिए ।

उनले श्रीमतीलाई आफनो थर प्रयोग नगर्न भने । ‘कृपया आइन्दा खान थर प्रयोग नगर्नु र सौमित्र खानको श्रीमती पनि नभन्नू । म तपार्ईलाई आफ्नो राजनीतिक भाग्य कोर्न सम्पूर्ण स्वतन्त्रता दिन्छु ।’

‘टीएमसीले मेरो श्रीमती चोर्यो, मेरो माया लग्यो, ‘उनलाई उध्रित गर्दै प्रेस ट्रस्ट अफ इन्डियाले लेखेको छ । यो घटनापछि विभिन्न पत्रपत्रिकाले यी दुईको अन्तरवार्ता छापेका छन् ।

उनले आफ्नो निर्वाचनमा श्रीमतीको भूमिका रहेको स्वीकारेका छन् । एक मुद्दाका कारण आफ्नै निर्वाचन क्षेत्रमा जान प्रतिबन्ध लागेका खानका लागि श्रीमतीले चुनावी अभियान नेतृत्व गरेकी थिइन् ।

पत्रकारलाई श्रीमतीलाई यथोचित सम्मान नभएको कुरा गलत भएको दाबी गर्दै उनले भनेः “मोदीले उनलाई बहिनी भन्छन् । योभन्दा बढी के चाहियो ?’

श्रीमती खानले आफूलाई श्रीमानले वास्ता नगरेको बताइन् । ‘उनी राजनीतिमा व्यस्त भए । मेरो लागि समय दिएनन् । उनले महिनौँदेखि मैले खाएँ कि खाइनँ भनेर पनि सोधेका छैनन् ।’

(बीबीसी)

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक : अर्जुन कार्की
सम्पादक: अम्विका भण्डारी
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: