पत्नीसँगै काँकरभिट्टाबाट भित्रिएका थिए मेचीनगरको पहिलो संक्रमित

  प्रकाशित मिति
२६ जेष्ठ २०७७, सोमबार १८:२७


।। अर्जुन कार्की ।

मेचीनगर । कोरोना संक्रमित पुष्टि भएका मेचीनगर–४ का २९ वर्षीय विवाहित पुरुष भारतको दिल्लीबाट जेठ १६ गते काँकरभिट्टा आइपुगेका थिए ।

दिल्लीबाट उनीसहित श्रीमति जेठ १६ गते नेपाल–भारत सीमा नाकाको दशगजा स्थित मेचीपुलमा आइपुगेका हुन् । उनीहरु दिल्ली स्थित एक होटलमा कर्मचारीको रुपमा काम गर्थे ।

मेचीपुलमा उनी र श्रीमतिलाई लिन मेचीनगर–४ का वडाध्यक्ष नविन बराल आएका थिए ।

उनले आफ्ना वडाबासीलाई मेचीपुलबाट एम्बुलेन्समा हालेर पशुपति माविको क्वारेन्टाइनमा राखेका थिए ।

उक्त क्वारेन्टाइनमा बसेका दुवै जनाको जेठ २२ गते पीसीआर टेष्ट गरिएको वडाध्यक्ष बरालले बताए । उनको श्रीमतिको पीसीआर रिपोर्ट चाहिँ नेगेटिभ आएको उनले जानकारी दिए ।

क्वारेन्टाइनमा बसेका कोरोना संक्रमितलाई सोमबार दिउसो एम्बुलेन्समा हालेर प्रदेश नम्बर १ सरकारले भरखरै तयार पारेको गोठगाउँ स्थित कोभिड अस्पताल पठाइएको वडाध्यक्ष बरालले बताए ।

कोरोना संक्रमित उनलाई एम्बुलेन्समा राख्दा समेत स्वास्थ्य सामान्य जस्तो देखिएको स्थानीयको भनाई छ ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: