पत्रकारको चुनाव फागुन ३ गते, महासंघको म्याद ६ महिना थपियो

  प्रकाशित मिति
३ भाद्र २०७७, बुधबार १७:३४


झापा, ३ भदौ । नेपाल पत्रकार महासङ्घले केन्द्र, प्रदेश र जिल्ला गरी तीनै तहमा रहेका पत्रकार महासंघका समितिको म्याद ६ महिना थप्ने निर्णय गरेको छ ।

कोरोना महामारीका कारण तोकिएको समयमा निर्वाचन गर्ने अवस्था नभएका कारण महासङ्घले अहिलेकै कार्य समितिहरुको म्याद थपेको हो ।

महासङ्घको तीन वटै तहको नयाँ नेतृत्वको निर्वाचन आगामी फागुन ३ गते गर्ने निर्णय समेत गरेको छ ।

आज बुधवार भएको भर्चुअल राष्ट्रिय भेलाले उक्त निर्णय गरेको केन्द्रीय सदस्य सटेन्द्र जवेगुले लोकतन्त्र पोस्टलाई बताए ।

सदस्यता नविकरणको समय भदौ मसान्तसम्म थपिएको छ । भेलाले मंसिरभित्र जिल्ला, पुसमा प्रदेश र माघमा केन्द्रीय साधारणसभा गर्ने निर्णय गरेको छ ।

राष्ट्रिय भेलाले २०७७ सालको सदस्यता नवीकरण शुल्क मिनाह गर्ने निर्णय समेत गरेको छ ।

भेलाले नयाँ सदस्यता सिफारिस र नवीकरणको मिति भदौ मसानतसम्म थप गर्ने निर्णय समेत गरेको छ ।

भेलाले विभिन्न समसामयिक प्रस्ताव पारित गर्दै श्रमजिवी पत्रकारको पक्षमा उभिने निर्णय गरेको छ ।

पत्रकार निस्काशन गर्ने र बिदामा राख्ने कार्यको विरोध गरेको छ । सबै पत्रकारको पीसीआर परीक्षण गराउन पहल गर्ने र श्रमजिवी पत्रकार र सञ्चारमाध्यमका लागि राहत प्याकेज ल्याउन संघ, प्रदेश र सथानीय सरकारसँग माग गरेको छ ।

महासंघको केन्द्रीय कमिटीका पदाधिकारी, सदस्य, प्रदेश कमिटीका अध्यक्ष, शाखाका अध्यक्ष, एसोसिएट र प्रतिष्ठान शाखाका अध्यक्षको सहभागिता थियो ।

महासंघका पदाधिकारीले केन्द्रीय कार्यालय सञ्चारग्राम काठमाडौँबाट भेलालाई सम्बोधन गरेका थिए । महासंघ अध्यक्ष गोविन्द आचार्यले निर्णायार्थ राखेको प्रस्तावमा प्रदेश तथा शाखाका अध्यक्षको सुझाव पछि पारित गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक : अर्जुन कार्की
सम्पादक: अम्विका भण्डारी
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: