पत्रकारको संयुक्त प्यानलको उमेद्वार सार्वजनिक

  प्रकाशित मिति
२९ माघ २०७३, शनिबार १८:५५


yekraj giri

बिर्तामोड । नेपाल पत्रकार महासङ्घ झापा शाखाको निर्वाचनका लागि स्वतन्त्रसहित पत्रकारहरुको सात सङ्गठनको कार्यगत एकताबाट बनेको ‘व्यवसायिक पत्रकारहरुको संयुक्त समावेशी प्यानल’ ले शनिवार विर्तामोडमा उमेद्वारको नाम घोषणा गरेको छ ।

पत्रकार महासङ्घका नयाँ सदस्यहरुलाई स्वागत तथा सम्मान समेत गरिएको कार्यक्रममा संयुक्त समावेशी प्यानलको निर्वाचन परिचालन समितिका संयोजक कृष्ण हुमागाईले उमेद्वारहरुको नाम घोषणा गरे ।

व्यावसायिक पत्रकारहरुको संयुक्त समावेशी प्यानलबाट अध्यक्षमा तारामणि सापकोटा, उपाध्यक्षमा एकराज गिरी, उपाध्यक्ष(महिला)मा लीला अनमोल उमेद्वार रहेका छन् । त्यस्तै सचिवमा गिरिराज भट्टराई, सहसचिवमान केशव भट्टराई, सहसचिवमा(समावेशी) इन्द्रजीत मुखिया र कोषाध्यक्षमा ईश्वर अधिकारी उमेद्वार रहेका छन् ।

कार्यसमिति सदस्य खुलातर्फ सुरेन्द्र भण्डारी, देबु बानियाँ, डिल्लीराम घोसाई, लिलाराज झापाली, पार्थ मण्डल, उद्धव पुरी, रञ्जित प्रसाई र उत्तम नेपाल उमेद्वार रहेका छन् । कार्यसमिति समावेशी सदस्यमा महिलामा सुष्मा राजवंशी, जनजातिमा सेसेहाङ फियाक, दलित–रञ्जित परियार र मधेसीमा सन्तोष शर्मा उमेद्वार रहेका छन् ।

कार्यक्रमका प्रमुख अतिथि नेपाल पत्रकार महासङ्घ झापाका पूर्वअध्यक्ष गोविन्दचन्द क्षेत्री, महासङ्घका पूर्वअध्यक्ष चिन्तामणि दाहाल, केशव आचार्य पत्रकारका विभिन्न सङ्गठनका प्रमुखहरुले महासङ्घका नयाँ सदस्यहरुलाई स्वागत गरेका थिए । समारोहमा संयुक्त समावेशी प्यानलको प्रतिबद्धता पत्रसहित महासङ्घ केन्द्रीय सभासद् र प्रदेश सभासद्का उमेद्वारहरुको नामसमेत सार्वजनिक गरिएको छ ।

जसअनुसार केन्द्रीय सभाषद्हरुमा गोविन्दचन्द्र क्षेत्री, चिन्तामणि दाहाल, लोकराज ढकाल, कृष्ण हुमागार्इं, केशव आचार्य, भीम नेम्वाङ, बिष्णु सुब्बा, राजेन्द्र गौतम, उमाकान्त खनाल, कृष्ण सिँजाली, लक्ष्मण ढकाल, बिमल लामिछाने, दयाराम दाहाल, टिकाराम उप्रेती, गञ्जबहादुर दाहाल, गोपाल गिरी, राजबाबु शङ्कर, कमन देवान, डिकेश लामा, दिपिन राई, रमेश समदर्शी राई र पुकारचन्द्रसिंह राजवंशी उमेद्वार रहेका छन् ।

केन्द्रीय सभासद्मै महिलातर्फ इन्दु पूर्वेली, सुशीला सङ्ग्रौला, रेजिना रोदन, रुमा राजवंशी र निर्मला तिम्सिना उमेद्वार रहेका छन् ।

त्यस्तै, प्रदेश सभाषद्मा झुलन रेग्मी, लक्ष्मी लुइँटेल, दिपेन्द्र कार्की, लक्ष्मी भण्डारी, दिलकुमार लावती, रश्मिशेखर सुवेदी, विश्व थापा, द्रोण अधिकारी, कृष्ण दाहाल, नगेन्द्रमणि न्यौपाने, बिष्णु रिमाल, केशव धिताल, अर्जुन राजवंशी, दिपक ढकाल, सन्तोष अग्रवाल, रेवतीराज घिमिरे, लेखनाथ परदेशी, कोपिला बस्नेत, वेणुप्रसाद अधिकारी, कृष्ण दाहाल, बिष्णुकुमार भट्टराई, मनिषा गौतम, ओमप्रकाश भट्टराई, राजु पाठक, बेदप्रसाद हुमागाई, होमप्रकाश अधिकारी, प्रकाश उप्रेती, उर्मिला गौतम, घनश्याम अर्याल, तुलसीप्रसाद निरौला, इन्द्रसिंह राजवंशी, उत्तम रिजाल, राजन साम्पाङ र अमित खम्बू उमेद्वार रहेका छन् ।

संयुक्त समावेशी प्यानलले पत्रकार महासङ्घको गरिमा र मर्यादालाई उँचो राख्दै साझा, स्वतन्त्र र निस्पक्ष बनाउने, पत्रकार महासङ्घले पत्रकारको क्षयमता वृद्धिका लागि यसअघि सञ्चालन भएका तालिम लगायतका कार्य तथा योजनालाई निरन्तरता दिने प्रतिबद्धता सार्वजनिक गरेको छ ।
त्यस्तै महासङ्घले स्थापना गरेको नौ लाख रुपैयाँको ‘पत्रकार सहारा उपचार कोष’लाई क्रमशः ५० लाख पुर्याउने, मोतिराम पत्रकारिता पुरस्कार र केटो पत्रकारिता पुरस्कारको एक लाखको अक्षयकोषलाई पाँचलाख पु¥याउने साथै केटो पत्रकारिता पुरस्कार छापा, रेडियो, टेलिभिजन र अनलाइनमा क्रियाशील पत्रकारलाई पुरस्कार प्रदान गरिने र पुरस्कारका लागि छुट्टै कार्यविधि बनाउने घोषणा गरेको छ ।

त्यसैगरी श्रमजीवी ऐन कार्यान्वयन गर्न प्रभावकारी भूमिका निर्वाह गर्ने, सञ्चार संस्थाको विकासका लागि समन्वयात्मक भूमिका निर्वाह गर्ने प्रतिबद्धता समेत व्यक्त गरिएको छ ।
फागुन ७ गते पत्रकार महासङ्घ झापाको १२औँ जिल्ला अधिवेशनसँगै हुने निर्वाचनका लागि नेपाल प्रेस युनियन, प्रेस सेन्टर नेपाल, मिडिया नेपाल झापा, सङ्घीय प्रेस फोरम नेपाल, आदिवासी जनजाति पत्रकार महासङ्घ (फोनिज), आदिवासी पत्रकार सङ्घ र स्वतन्त्र पत्रकारसहित ७ सङ्गठनबिच कार्यगत एकता भएको हो । कार्यगत एकता गर्ने सङ्गठनका प्रमुखहरुले संयुक्त समावेशी प्यानलका सबै उमेद्वारलाई अत्यधिक मतले विजयी गराई पत्रकारिता पेशाको गरिमालाई उच्च बनाउन सबै झापाली पत्रकारहरुमा आव्हान गरेका छन् ।

कार्यव्रmममा प्रेस सेन्टरका अध्यक्ष टीकाराम उप्रेती, केन्द्रीय सदस्य विमल लामिछाने, मिडिया नेपालका केन्द्रीय उपाध्यक्ष इन्द्रसिंह राजवंशी, सङ्घीय प्रेस फोरमका अध्यक्ष देशराज नेम्वाङ, फोनिजका केन्द्रीय सदस्य इन्द्रजीत मुखिया र आदिवासी पत्रकार सङ्घका अध्यक्ष पुकारचन्द्र राजवंशीले बोलेका थिए ।

उक्त अवसरमा क्यान्सर रोगबाट पीडित पत्रकार शुभद्रा खड्का अधिकारीलाई प्रेस सेन्टरको अगुवाइमा पत्रकारहरुले ११ हजार रुपैयाँ सहयोग प्रदान गरे ।

उक्त सहयोग उनका श्रीमान पत्रकार दीपक अधिकारीलाई प्रदान गरिएको थियो । उनलाई पत्रकार महासङ्घ र प्रेस क्लव भद्रपुरको अगुवाइमा यसअघि सहयोग गरिएको थियो ।

अध्यक्षका उमेद्वार तारामणि सापकोटाले पत्रकार महासङ्घको वर्तमान नेतृत्वले निर्वाह गरेको भूमिकाबारे जानकारी गराएका थिए । कार्यक्रमको सञ्चालन उपाध्यक्षका उमेद्वार एकराज गिरीले गरेका थिए । उक्त अवसरमा पत्रकार महासङ्घले स्थापना गरेको पत्रकार सहारा उपचार कोषका लागि लीला अनमोल, उत्तम नेपाल र वीरबहादुर दर्नालले ५÷५ हजार रुपैयाँ प्रदान गर्ने घोषणा गरे ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: