पत्रकारद्वय माया र दीपकलाई नारी सञ्चार गृहको आर्थिक सहयोग

  प्रकाशित मिति
२ माघ २०७४, मंगलवार २०:३२


मेचीनगर । नारी सञ्चार गृह झापाले पत्रकार माया पकुवाललाई ७३ हजार ३७० रुपयाँ उपचारका लागि आर्थिक सहयोग प्रदान गरेको छ ।

दुवै मृगौला ड्यामेज रहेकी बरुण साप्ताहिककी सम्पादक पकुवालको उपचारका लागि विभिन्न दाताहरुसँग संकलन गरेको रकम संस्थाले हस्तान्तरण गरेको हो ।
सञ्चार गृहकी अध्यक्ष सावित्रा दाहाल, सचिव अम्बिका भण्डारी, सदस्यद्वय भीमा शिवाकोटी र रेजिना गौतमले मेची अञ्चल अस्पतालमा डायलोसिस गरिरहेकी पकुवाललाई मंगलबार उपचार कक्षमै पुगेर ६३ हजार ३७० रुपैयाँ हस्तान्तरण गरेका थिए ।

संस्थाले यस अघि १० हजार रुपैयाँ उनलाई हस्तान्तरण गरेको थियो । गृहले दुवै मृर्गौला खराब भएर उपचार गराइरहेकी पत्रकार पकुवाललाई सहयोग गर्नका लागि विभिन्न संघसंस्था तथा व्यक्तिहरुलाई सामाजिक सञ्जाल फेसबुकबाट अपील गरेको थियो ।

सोही अनुरुप नै नेवा देय् दबु जिल्ला समितिले ११ हजार, हाल कोरियामा रहेका मेचीनगरका पत्रकार दिनेश कार्कीले १० हजार, विलिभर्स इस्र्टन चर्च भद्रपुरका फादर जगत वाग्लेले ७ हजार, काठमाडौंमा रहेकी पत्रकार निशा ओलीले ५ हजार, गोर्खा टेलरिङ सेन्टरका प्रोपाइटर विरु दर्नालले ५ हजार, अर्जुनधारा उद्यमशील महिला संघले ५ हजार र विभिन्न व्यक्ति तथा संस्थाले पत्रकार पकुवालको उपचारमा सहयोग पुर्याउने उद्देश्यले नारी सञ्चार गृहमार्फत सहयोग प्रदान गरेका थिए ।

पत्रकार पकुवालको यही माघ महिनाभित्रमा मानव अंग प्रत्यारोण केन्द्र भक्तपुरमा मृर्गौला प्रत्यारोपण गरिने उनका श्रीमान सञ्जय प्रधानले बताए ।
उनलाई श्रीमानका दाजु सौरभ प्रधानले एउटा मृर्गाैला दान दिने भएका छन् ।

अधिकारीलाई सञ्चार गृहले दियो १० हजार
त्यसैगरी दर्घटनामा परी घाइते भएका भद्रपुरबाट प्रकाशित हुने नौलो आवाज साप्ताहिकका सम्पादक दीपक अधिकारीलाई पनि संस्थाले १० हजार रुपैयाँ आर्थिक सहयोग गरेको छ ।

सोमबार राति मोटरसाइकल दुर्घटनामा परी घाइते भएका पत्रकार अधिकारीको ओमसाई पाथीभरा हस्पिटलमा उपचार भइरहेको छ ।
मुख र देब्रे हातमा गम्भीर चोट लागेका अधिकारीलाई उपचारमा सहयोग पर्याउने उद्देश्यले संस्थाले आर्थिक सहयोग गरेको संस्थाकी अध्यक्ष सावित्रा दाहालले बताइन् ।

अधिकारीलाई अस्पतालमै भेटेर शीघ्र स्वाथ्यलाभको कामनासहित संस्थाले आर्थिक सहयोग गरेको हो । अधिकारी पत्नी तथा पत्रकार सुभद्रा अधिकारी क्यान्सरकी रोगी हुन् ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक : अर्जुन कार्की
सम्पादक: अम्विका भण्डारी
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: