पत्रकारद्वारा लिखित ‘एकदिन’ पुस्तक मन्त्री भूषालद्वारा विमोचन

  प्रकाशित मिति
७ आश्विन २०७७, बुधबार १२:३९


मेचीनगर, ७ असोज । पत्रकार तीर्थ सिग्देलद्वारा लिखित पुस्तक ‘एकदिन’ समय–कथा जीवन, यात्रा र भोगाइको विमोचन गरिएको छ ।

बिर्तामोडमा आज एक कार्यक्रमका वीच कृषि तथा पशुपन्छी विकास मन्त्री घनश्याम भूषालले सिग्देलद्वारा लिखित यात्रा र भोगाईको पुस्तक विमोचन गरेका हुन् ।

मन्त्री भूषालले हरेक लेखकले समयको भाषा बोल्ने बताउँदै उनले भने,‘आजको पिँढीले लेखेको कुराले समयको भाषालाई भोलिको पिंढीलाई बताउँछ ।’

लेखन कार्य एउटा बौद्धिक र समयको भाषा बोल्ने कुरा भएकाले मन्त्री भूषालले लेखक सिग्दलेलाई धन्यवाद दिएका थिए ।

पुस्तक ‘एकदिन’ १५२ पृष्ठको छ । विभिन्न १४ वटा लेखमार्फत जीवन, यात्रा र भोगाईहरुलाई लेखकले पुस्तकमार्फत् प्रस्तुत गरेका छन् ।

कार्यक्रममा प्रदेश १ का कृषि मन्त्री राम राणा, नेकपा प्रदेश १ का इञ्चार्ज देवराज घिमिरे, नेकपा झापा अध्यक्ष चिन्तन पाठक, जिल्ला समन्वय समिति झापाका प्रमुख सोमनाथ पोर्तेल, बिर्तामोड नगरपालिकाका नगरप्रमुख ध्रुव शिवाकोटी, नेकपा झापा कार्यालय सचिव शिव ढुंगेल, जिल्ला सहकारी संघ झापाका अध्यक्ष गणेश ढकाल, उपाध्यक्ष महेन्द्र गिरी लगायतको उपस्थिति थियो ।

लेखक सिग्देलको सभापतित्वमा भएको कार्यक्रमको सञ्चालन जिल्ला सहकारी संघ झापाका सचिव युवराज ढकालले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक : अर्जुन कार्की
सम्पादक: अम्विका भण्डारी
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: