विर्तामोड । जिल्लामा व्रिmयाशील महिला, दलित, आदिवासी जनजाति, र मधेशी पत्रकारको क्षमता अभिवृद्धि गर्ने उदेश्यले झापाको विर्तामोडमा दुई दिवसीय प्रशिक्षण कार्यव्रmम आजबाट सुरु भएको छ ।
नेपाल पत्रकार महासङ्घ झापाको आयोजना र जिल्ला विकास समितिको सहयोगमा ‘व्यवसायिक पत्रकारितामा सामाजिक समावेशीकरण’ विषयक तालिममा ४० बढीको सहभागिता रहेको छ ।
कार्यव्रmमका प्रमुख अथिति नेपाल पत्रकार महासङ्घका केन्द्रीय सदस्य तथा पूर्वाञ्चल संयोजक गणेश पोखरेलले दक्षता नभएको र आचार संहिताको पालना नगरेकै कारण पत्रकारहरु असुरक्षित र आव्रmमणको शिकार बन्दै गएको बताए । उनले लेख्न र पत्रकारिता गर्न नजानेरै पत्रकार सुरक्षामा समेत चुनौति खडा भएको भन्दै सहभागीलाई सीप हासिल गरेर व्यवसायिक पत्रकारितामा अग्रसर आग्रह गरे ।
कार्यव्रmममा प्रेस चौतारीका अध्यक्ष गोपाल काफ्ले, फोनिजका अध्यक्ष गणेशमान मुखिया, नेवा पत्रकारका अध्यक्ष अमृतलाल श्रेष्ठले शुभकामना मन्तव्य राखेका थिए ।
महासङ्घका उपाध्यक्ष तारामणि सापकोटाले स्वागतसहित औचित्यमाथि प्रकाश पारेको कार्यव्रmमको सञ्चालन सचिव गिरीले गरेका थिए ।
समारोहमा व्रmान्तिकारी पत्रकार सङ्घका अध्यक्ष टीकाराम उप्रेती, नारी सञ्चार गृहकी अध्यक्ष सावित्रा दाहाल लगायतको आतिथ्य थियो । प्रशिक्षणको सहजीकरण बरिष्ठ पत्रकार टङ्क उप्रेतीले गरेका थिए ।