पत्रकारले सुरु गरे गाइपालन

  प्रकाशित मिति
२५ पुष २०७२, शनिबार ११:२७


12512094_769622456477261_1782258247_n

विर्तामोड । झापाका एक सञ्चारकर्मीले व्यवसायिक रुपमा गाईपालन सुरु गरेका छन् ।  झापाबाटै प्रकाशित हुने मेची खबर साप्ताहिकका सम्पादक राजु पाठकले विर्तामोड निवासी प्रकाश न्यौपानेसँग संयुक्त लगानीमा व्यवसाय सुरु गरेका हुन् ।

विर्तामोडको मुक्तिचोकदेखि १ किलोमिटर दक्षिणमा १२ कठ्ठा जग्गा लिजमा लिएर गत असोजदेखि उनीहरुले १५ लाख रुपैयाँको पूँजीमा व्यवसायिक रुपमा गाइपालन सुरु गरेका हुन् ।

‘गतिशिल गाइफर्म’ घरेलु कार्यालयमा दर्ता गरी व्यवसाय सुरु गरेको बताउँदै सञ्चारकर्मी पाठकले यसलाई बढाउँदै लाने बताए । फर्ममा अहिले १३ माउ गाई र ८ वटा बच्छाबाच्छी रहेका छन् । फर्मबाट दैनिक सय लिटर बढी दूध उत्पादन हुने गरेको पाठकको भनाई छ ।

फर्मबाट उत्पादित दूध प्रतिलिटर ५५ रुपैयाँका दरले विव्रmी हुने गरेको सञ्चालक पाठकले बताए । ‘पत्रकारितासँगै व्यवसायलाई निरन्तरता दिएको छु’, उनले भने–‘बजारमा दूधको माग बढेकाले व्यवसाय थालेको हुँ ।’

गाई फार्मसँगै कृषि व्यवसायलाई समेत प्रवर्धन गर्ने योजना रहेको सञ्चालकद्वय बताउँछन् । उनीको निकट भविष्यमै २५ वटा गाई बनाउने लक्ष्य छ । ‘बजारमा दुधको माग बढिरहेको छ’ पत्रकार पाठकले भने –‘तर माग अनुसारको दूध दिन नसकिरहेको अवस्था छ ।’ फर्मबाट अहिले विर्तामोडका व्यवसायीदेखि स्थानीयले दूध किनेर लैजाने गरेको पाठक बताउँछन् ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: