पत्रकारसँग डराउनु पर्दैन

  प्रकाशित मिति
३१ बैशाख २०७३, शुक्रबार १५:१९


gyanendra niraula
केही दिन अगाडिको कुरा हो झापाको धुलाबारी चौकमा तीन जना तीन क्षेत्रका मानिसहरू भेला भएर गफ गरिरहेको अवस्थामा म पुगे । म नजिकै पुग्न लाग्दा तीन मध्ये एकले भने –‘पत्रकार आउनु भयो, धेरै कुरा नगरौँ ।’ त्यो कुरा मेरो कानमा परिहाल्यो । उनीहरूको अभिवादनसँगै मैले भने पत्रकारसँग डराउनु पर्दैन । केही बेरको भलाकुसारी पछि हामी चारै जना छुटियौँ ।

अघिदेखि नै मेरो मानसपटलमा सलबलाइरहेको पत्रकारका बारेमा स्थानीय समुदायको यस्तो धारणाले के पत्रकारिता समाजको लागि भन्ने कुरालाई सम्बोधन गर्दैछ त भन्ने लाग्यो । अनि के यो घटना मसँग मात्रै हो त भन्दा पनि समय समयमा पत्रकार साथीहरूले दिएको प्रतिक्रियाबाट थाहा हुन्थ्यो कि यस्तो कुरा धेरै पत्रकार साथीहरूमा निरन्तर भइरहेको जस्तो लाग्यो ।

यो घटना थुप्रै यस्ता घटनाको प्रतिनिधिमूलक एउटा घटना मात्र हो भन्ने कुरामा म बिश्वस्त छु । आखिर किन स्थानीय समुदायका मानिसहरू पत्रकारसँगको सामिप्यता राख्न चाहँदैनन । पत्रकारसँगको दोस्ती आफु प्रचारमा आउन चाहनेसम्मको लागि मात्रै हो त । के साँच्चै हामी पत्रकारहरूले स्थानीय समुदायलाई दुःख दिएकै छौँ त ?

एउटा भनाई छ–गलत काम गर्ने मानिस मात्र पत्रकारसँग डराउँछन् । तेसो भए साँच्चै ती ब्यक्ति गलत बिषयमा कुरा गर्दै थिए त भन्ने तर्फ पनि सोच्न पर्ने हो त । पत्रकारसँग तर्किएर हिँड्ने सबै ब्यक्ति गलत काम गर्ने नै हुन त ? यो कुराले मेरो मानसपटलमा ठूलै भुइँचालो ल्याइरहेको छ । स्थानीय समुदायको सम्पर्क र सम्बन्ध बिनाको पत्रकारिता असम्भव कुरा हो । त्यससँगै समुदायमा सकारात्मकतालाई केन्द्रमा राखेर पत्रकारिता गर्नु अहिलेको आवश्यकता पनि हो । तर पछिल्ला समयमा पत्रकारिता नकरात्मकतामा केन्द्रीत भयो भन्ने बिषय बेला बेला उठ्ने गरेको छ । सायद त्यसै भएर त स्थानीय समुदाय पत्रकारको झमेलामा फस्न नचाहने गरिरहेको त छैन ।

अर्को बिषय पनि यतिबेला चर्को रुपमा उठ्ने गरेको छ । त्यो होे राजनीतिक दलमा खुलम्खुल्ला पत्रकारहरूको सक्रियता र सहभागिता । अहिले पत्रकार मात्र भएर नपुगेर होला सायद कुन दलको पत्रकार हुने भन्ने पनि छ । अनि आफु निकटको दलको दास जस्तो भएर काम गर्ने पत्रकारिता पनि मौलाउँदै गएकाले पनि पत्रकार र स्थानीय समुदाय बिचको दुरी दिन दिनै बढिरहेको छ । यसले नेपाली पत्रकारितामा ठूलो सङ्कट ल्याउने सम्भावनालाई नकार्न सकिदैन ।

राजनीतिक आस्था हरेक मानिसमा हुन्छ । त्यसो भन्दैमा दलका नेता भन्दा बढी राजनीतिक दलको वकालत चैँ पत्रकारले गर्ने प्रवृत्तिको विकास हुनुले पत्रकार सर्वस्वीकार्य बन्न सकिरहेको छैन । पत्रकारले राजनीतिक आस्था मतदान गर्नसम्ममा मात्र केन्द्रीत गर्न नसक्ने हो भने त्यसले पत्रकारितालाई गहिरो खाडलमा पु¥याउने निश्चित छ ।

pic

गत हप्ता मात्र एउटा चुनावी कार्यक्रममा एकजना दलका जिल्ला स्तरका नेताले एक जना पत्रकारलाई आफ्नै कार्यकर्तालाई झैँ आदेश गरिरहेको देखेँ । लाग्यो यस्तै कारणले पत्रकारसँग आम मानिस डराउँदैन क्यार । त्यसैले यो लेख मार्फत आम नागरिकजनमा मेरो आग्रह छ कि पत्रकारसँग डराउनु पर्दैन । पत्रकार पनि यही समाजको एउटा सदस्य हो । पत्रकारलाई पनि यो देशको कानून अन्यलाई सरह लाग्छ । यदि तपाई कुनै पत्रकारको गलत रबैयाले दुखित हुनु हुन्छ भने त्यसलाई सार्वजनिक गर्ने आँट गर्नुहोस् । तपाईले सिङ्गो समाजको साथ र सहयोग पाउनु हुनेछ जहाँ अन्य थुप्रै पत्रकार पनि बसेका हुन्छन् ।

ठिकलाई ठिक र गलतलाई गलत भन्नलाई पत्रकार भइरहनु पर्दैन । आम मानिस भएर पनि तपाई सत्य र असत्यको पहिचान गरी त्यसमा आफ्ना धारणा राख्न स्वतन्त्र हुुनुहुन्छ । तर यसो भनिरहँदा पत्रकार यो समाजलाई सकारात्मकता तर्फ डो¥याउन सधैँ खबरदारी गरिरहने पात्र हो भन्ने चाहिँ भुल्नु हुन्न ।

समाजमा थुप्रै सङ्घ संस्था, समूह र राजनीतिक दल क्रियाशिल हुन्छन र उनीहरू आफ्ना अधिकार रक्षा र सचेतनाका लागि बेला बेला सडकमा उत्रन्छन् । तर पत्रकार यस्तो वर्ग हो उ समाजलाई सहि सूचनाका पु¥याउनका लागि जहिले पनि सडकमा नै हुन्छ । त्यसैले पत्रकार यो समाजको चौकीदार हो, तपाई सम्पूर्णको एउटा असल साथी हो ।

पत्रकारले अधिकांश समय अरु कै कुरा लेख्ने, बोल्ने, सुनाउने र देखाउने गरिरहेको हुन्छ । आफ्नो बारेमा लेख्ने त बिरलै मौका पाउँछ पत्रकारले । त्यसैले यो समाजले पत्रकारसँग डराउनु पर्दैन । बरु उसलाई सकारात्मक कार्यका लागि सँधैं उत्प्रेरणा प्रदान गर्नुहोस् । अनि पत्रकारिताका आडमा समाजमा घृणा, द्वेष र हिंसा फैलाउने काम गरिरहेको पाइए त्यस विरुद्ध सिङ्गो समाज नै एक हुने अवस्था आयो भने बर्तमानमा पत्रकारितामा कहिँ कतै त्यस्तो प्रवृत्ति हुर्कदै रहेछ भने पनि त्यसको समूल अन्त्य हुनेछ । अनि यो समाजले भन्ने छ पत्रकार हाम्रो साथी हो डराउनु पर्दैन ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: