पत्रकारसहित आधा दर्जन बढी सम्मानित

  प्रकाशित मिति
१ चैत्र २०७४, बिहीबार १७:५७



धुलाबारी । मेचीनगर पवित्रा—भेषराज खतिवडा स्मृति प्रतिष्ठानले विभिन्न विधामा आधा दर्जन बढीलाई विहीबार यहाँ सम्मान गरेको छ ।

प्रतिष्ठानले प्रत्येक बर्ष प्रदान गर्दै आएको उत्कृष्ट विद्यालयको सम्मान धुलाबारी माविलाई प्रदान गरेको छ ।

त्यसैगरी उत्कृष्ट शिक्षकको रुपमा आदर्श मावि इटाभट्टाका शिक्षिका झनकुमारी गिरी, उत्कृष्ट विषयगत शिक्षकमा सामाजिक विषयका शिक्षक दुर्गानाथ ढकाल, उत्कृष्ट छात्रामा गढीगाँउ मावि बुद्धशान्ति गाउँपालिकाका विद्यार्थी अस्मिता पौडेल, उत्कृष्ट छात्र शहिद दशरथ मावि चारआलीका आयुष आचार्य, लोपोन्मुख जातिका विद्यार्थीहरु मध्ये शान्ति आदर्श माविका सन्तोष लाप्चा र सन्ध्या लाप्चालाई सम्मान गरेको थियो ।

त्यसैगरी खतिवडा परिवारका ज्वाई भरत भुर्तेलको स्मृतिमा प्रतिष्ठानले यसबर्षबाट भरत भूर्तेल स्मृति पत्रकारिता पुरस्कार प्रदान गर्न सुरु गरेको छ ।

सो पुरस्कारबाट कान्तिपुर दैनिकका उप—सम्पादक पर्वत पोर्तेल सम्मानित भएका छन् । पुरस्कृत सम्पूर्ण व्यक्तिलाई कार्यक्रमका प्रमुख अतिथि तथा नेपाली कांग्रेसका केन्द्रीय सदस्य गगन थापाले सम्मान पत्र र नगदले सम्मान गरेका थिए ।नेता थापाले नेपालमा शिक्षा र स्वास्थ्यमा व्यापक सुधार आवश्यक भएको बताएका छन् । उनले आजको मावि तहको शिक्षाले अबको २ बर्ष पछिको नेपालको भविष्यलाई निर्धारण गर्ने बताउँदै शिक्षा क्षेत्रमा सुधारको आवश्यक रहेको बताए ।

कञ्चनजंघा एफएमका प्रबन्ध निर्देशक चन्द्र भण्डारीको संयोजकत्वमा निर्माण गरिएको चार सदस्यीय पुरस्कार छनोट समितिले पुरस्कृत व्यक्तिहरुको छनोट गरेको थियो । कार्यक्रममा प्रदेश नम्बर १ का प्रदेशसभा सांसद ओमप्रकाश सरावगी, बुद्धशान्ति गाउँपालिकाका अध्यक्ष रमेश भुजेल, उपाध्यक्ष मिरा भुर्तेल, अग्रज पत्रकार धर्म गौतम लगायतको आतिथ्यता थियो ।

प्रतिष्ठानका अध्यक्ष छविलाल खतिवडाको सभापतित्वमा सम्पन्न कार्यक्रम शिरोसान्दाईको सञ्चालनमा सम्पन्न भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: