पत्रकारिताका गुरु ‘मदन सर’को निधन

  प्रकाशित मिति
२५ मंसिर २०७३, शनिबार १३:२०


madan-sirमेचीनगर । साढे चार दशकदेखि पत्रकारितामा क्रियाशील झापामा मूर्धन्य पत्रकार मदन ढकालको विहीवार राति निधन भएको छ ।
पूर्वाञ्चल दैनिकका प्रधान सम्पादक ढकालको ६५ बर्षको उमेरमा विहीवार राति ११ः४० बजे निधन भएको हो ।

लामो समयदेखि मधुमेह र मृगौला रोगबाट पीडित अग्रज पत्रकार ढकालको बिर्तामोडस्थित पूर्ण–टुङ्ग बिर्तासिटी हस्पिटलमा उपचारकै क्रममा निधन भएको हो ।

वि.सं.२००९ जेठ १९ गते आइतवार अनारमनी–१ मा जन्मिएका ढकाल झापाका सफल साहित्यकार एवम् उपन्यासकारका रुपमा समेत परिचित छन् । स्व. तुलसादेवी ढकाल र परशुराम ढकालका जेठा सुपुत्रका रुपमा जन्मिएका ढकालले २०२४ सालबाट पत्रिकाको सम्पादन गर्ने काम गर्दै आएका थिए । २०२८ सालदेखि शैक्षिक क्षेत्रमा प्रवेश गरेका उनले १९ बर्षसम्म अध्यापन गरेका थिए ।

२०२८ सालदेखि विवेचना, अर्धसाप्ताहिक पत्रिकाको दार्जीलिङ प्रतिनिधि भई पत्रकारिता क्षेत्रमा संलग्न उनी प्रेस काउन्सिल नेपालबाट विषयविज्ञको प्रशिक्षक पनि हुन् ।

नेपाल पत्रकार महासङ्घका पूर्व केन्द्रीय सदस्य रहेका ढकालले २०२४ सालमा शनिश्चरे माविको बार्षिक मुखपत्र उषा दोस्रो अर्चनाको सम्पादन सहयोगी भई अतिरिक्त कार्यकारी सम्पादक भएर पत्रकारिता सुरु गरेका थिए ।

ढकालका गरिमा (काठमाडौं), बाडुली (शिलगढी भारत), विवेचना, विश्वदीप, जुही, शिरविन्दु, ध्वनि, साहित्यिक लगायत काठमाडौंका समीक्षा, स्वतन्त्रता, जनस्वतन्त्रता, नयाँ सडक, नेपाली, राष्ट्र पुकार, सुरुचि, देशान्तर, नयाँ किरण, करेन्ट, हिमालय टाइम्स, नेपाल समाचारपत्र, स्पेशटाइम्स, तरुण आदि र झापाका आलोक, युगज्ञान, विवेचना, सूर्योदय, जनध्वनि, पूर्वाञ्चल आदि पत्रपत्रिकामा कथा, कविता, समीक्षा, निबन्ध व्यङ्ग्य, समसामयिक राजनीतिक तथा लेख रचना प्रकाशित छन् ।

त्यस्तै उनको प्रकाशोन्मुख कृतिका रुपमा कविता सङ्ग्रह–१, कथा सङ्ग्रह–१, सीके प्रसाई (भरतबाबुको) स्मृति यात्रा रहेको छ ।
पत्रकार ढकाल नवरङ्ग प्रतिष्ठान धरमपुर झापाबाट अभिनन्दित, देवकोटा स्मृति भवन भद्रपुरबाट अभिनन्दन, शनिश्चरे माध्यमक विद्यालयबाट स्वर्ण जयन्ती र हिरक जयन्तीको अवसरमा सम्मान, मोतिराम पत्रकारिता पुरस्कार नेपाल पत्रकार महासङ्घ झापाबाट, खिलेश्वरी पत्रकारिता पुरस्कार विराटनगर, श्यामकृष्ण उपाध्याय स्मृति पुरस्कार मेची, श्यामकृष्ण पत्रकारिता पुरस्कार नेपाल, पत्रकार सङ्घ झापा, न्यू म्यान प्राइड अफ शिलगढी भारतीय नेपाली पत्रकारितामा विशिष्ठ योगदान पु¥याए वापत शिलगढी–बागडोगरा जुनियर च्याम्बर शिलगढी भारतबाट, देवीप्रसाद उप्रेती निजानन्द पत्रकारिता पुरस्कार, हेमसरिता पत्रकारिता पुरस्कार (अमेरिकाको टेक्ससबाट), डिकमान विरही पत्रकारिता पुरस्कार फोनिजबाट लगायत विभिन्न सङ्घ–संस्थाबाट विभिन्न समयमा पुरस्कृत र अभिनन्दन भएका छन् ।

भारत, बङ्गलादेश, भुटान, पाकिस्तान, टर्की, पोल्याण्ड, चेकोस्लाभिया, जर्मनी र चिनको स्वशासित क्षेत्र तिब्बत, थाइल्याण्ड, मलेशियाको भ्रमण गरेका ढकालले जेसीज लगायतका सामाजिक संस्थामा समेत अग्रणी भूमिका निर्वाएह गरेका छन् ।

स्वर्गीय ढकालका बुबा परशुराम ढकाल, श्रीमती सावित्रा ढकाल, छोरा सृजन ढकाल, बुहारी एलिना ढकाल, छोरीज्वाई सीमा–लीलाप्रसाद घिमिरे, उमाचन्द्रप्रकाश भट्टराई, सुस्मिता–भूपेन्द्र मैनाली, मनिषा–रोशन नेपाल, भाइ मोहन ढकाल, लक्ष्मण ढकाल, अरुण ढकाल, सुरेश ढकाल र बहिनी दुर्गा आचार्य रहेका छन् ।

स्व. ढकालको अन्त्येष्टि शुक्रवार दिउँसो कनकाई नदीमा गरियो । उनको शवयात्रामा हजारौँको सहभागिता थियो ।
(लोकतन्त्र पोस्ट दैनिकमा २०७३ मंसिर २५ गते प्रकाशित)

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: