पत्रकारिता क्षेत्रको विश्वसनीयता बढाउन अगुवाहरुको आग्रह

  प्रकाशित मिति
१ माघ २०७७, बिहीबार १७:०२


मेचीनगर, १ माघ । पत्रकारितालाई विश्वसनीय र तथ्यमा आधारित बनाउन समाजका अगुवाहरुले आग्रह गरेका छन् ।

मेचीनगरबाट प्रकाशित ‘मेरो मेचीनगर’ नामक अनलाइनको आज उद्घाटन कार्यक्रममा सहभागी अतिथिहरुले समाजलाई पथप्रदर्शन गर्ने महत्वपूर्ण भूमिकामा रहेका मिडियाहरुले कहिलेकाहिँ तथ्य र सत्यभन्दा टाढा रहेर समाचार प्रवाह गरिदिदा समाजमा भ्रम सिर्जना हुने र त्यसबाट पत्रकारिता क्षेत्रप्रतिकै विश्वासमा ह्रास आउने धारणा व्यक्त गरे ।

चेतनाथ (सीएन) गौतमको सम्पादकत्वमा प्रकाशित मेरो मेचीनगर अनलाइन मिडिया हब प्रालिले सञ्चालन गर्दै आएको छ । जसको सम्पादक लक्ष्मी उप्रेती (सिस्नो) रहेका छन् ।

प्रालिका अध्यक्ष उदयकुमार श्रेष्ठको सभातित्वमा भएको कार्यक्रममा सम्पादक गौतम, प्रधान सम्पादक उप्रेती, पत्रकार महासंघ झापाका उपाध्यक्ष एकराज गिरी र प्रेस संगठन झापा अध्यक्ष मुक्ति पौडेलले पत्रकारिता क्षेत्रका समस्या र समाजमा तिनको भूमिका बारेमा उठेका प्रश्नहरुका बारेमा धारणा व्यक्त गरेका थिए ।

कार्यक्रममा प्रमुख अतिथि मेचीनगरका प्रमुख बिमल आचार्य, उपप्रमुख मीना उप्रेती, जनता समाजबादी पार्टीका मेचीनगर अध्यक्ष ओमप्रकाश खापुङ, सहकारी अभियन्ता दुर्गा सापकोटा र नाइटचेस क्लवको पूर्व अध्यक्ष दिलीप सुबेदीले शुभकामना मन्तब्य ब्यक्त गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक : अर्जुन कार्की
सम्पादक: अम्विका भण्डारी
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: