पत्रकारिता सिकाउने व्यवहारिक पुस्तक ‘आमसञ्चार अध्ययन’

  प्रकाशित मिति
२३ मंसिर २०७७, मंगलवार ०९:३१


आषिका लम्साल
नेपालमा सञ्चार क्षेत्रको प्राज्ञिक अभ्यास र अनुसन्धान नौलो नभए पनि त्यति धेरै अघि बढ्न सकेको छैन । सञ्चार, आमसञ्चार तथा पत्रकारिताजस्ता सामाजिक विज्ञान विषयमा स्तरीय प्राज्ञिक अनुसन्धान हुन सकेको छैन । भएका प्राज्ञिक अनुसन्धान पनि अन्यन्तै न्यून छन ।

हिजोआज पत्रकारिता शिक्षा फराकिलो बनिसकेको छ । तर पत्रकारिता शिक्षाको लागि आवश्यक पाठ्यसामग्री, शिक्षण सामग्री र सञ्चार अनुसन्धान अझै पनि हुन सकिरहेको छैन ।

यसैगरि नेपालमा पत्रकारिता विषय अध्यनका लागि आवश्यक पुस्तकहरु पनि पर्याप्त र स्तरीय उपलब्ध छैनन् । वि.सं. ०३० को दशकदेखि नेपालमा पत्रकारिता शिक्षा सुरु भए पनि अझै पाठयक्रम भने आपेक्षाकृत व्यवहारिक र अनुसन्धानमुलक बन्न सकेको छैन । प्राय विद्यालयदेखि विश्वबिद्यालयसम्म एकै प्रकारको पाठयक्रम दोहोरयाएर पढनुपर्ने बाध्यता भर्खर–भर्खर मात्र हट्न थालेको छ । पहिले पठनपाठन हँुदै आएका पाठयपुस्तकहरु पनि पत्रकारिता पढेर सक्रिय रुपले पेशा गरिरहकाहरुले भन्दा पनि सारसंग्रहबाट कथिकुथी लेखिएकाहरु ह्ुने गर्दथे । यसैले अलग–अलग लेखकले लेखेका पुस्तकहरु पढ्दा सबै एकै खाले परिभाषा र सिद्धान्तको व्याख्यामा बढी जोड दिएका पाइन्थे । जसले पत्रकारिता विषयको गुणस्तरीय पढाइ आपेक्षा अनुसार हुन सकिरहेको थिएन ।

पत्रकारिता शिक्षामा व्यावहारिक ज्ञानको प्रचुर खाँचो छ । किनभने पत्रकारिता पेशा पढेर मात्र होइन गरेर मात्र उपलब्धि हासिल गर्ने पेशा हो । पत्रकारितामा जबसम्म्म पढेको कुरा व्यवहारमा लागू गराउन सकिदैन तबसम्म पेशामा टिकिरहन सकिदैन । यसैले पत्रकारितामा सैद्धान्तिकसँगै व्यवहारिक प्रयोगात्मक पढाईको खाँचो पर्दछ ।

हामी अहिले पनि क्यामेरा पुस्तकमा पढाइरहेका छौँ, पढिरेका छौँ । अनि मिडिया हाउसको समाचार कक्ष कस्तो हुन्छ भनेर चित्र बनाएर देखिन्छ वा मौखिक व्याख्या गरिन्छ । व्यावहारिक ज्ञान अभावले पत्रकारिता पढेको विद्यार्र्थीले मिडिया हाउसमा काम गर्न सक्दैनन् । यो सबै नेपाली पत्रकारिता शिक्षा व्यावहारिक ज्ञानमा आधारित नभएर भएको हो ।

यहि अभावलाई मध्यनजर गरेर नेपालको राष्ट्रिय मुलधारमा सक्रिय पत्रकारिता गरिरहनु भएका पत्रकारद्धय भवानिश्वर गौतम र त्रिभुवन विश्वबिद्यालयका शिक्षक सुमन कुमार लुइँटेलले ‘आमसञ्चार अध्ययन’ नामक पुस्तक तयार गरेर बजारमा ल्याएका छन् । पत्रकारिता विषय पढ्ने कक्षा ११ का विद्यार्थीहरुका लागि तयार गरिएको उक्त पुस्तक एकदमै सटिक तरिकाले पत्रकारिताको सिद्धान्त, परिभाषा र व्यवहारिक ज्ञानहरु उल्लेख गरिएका छन् ।

अघि नै भनिए झंै पत्रकारिताको विद्यार्थीले हालसम्मको पाठ्यक्रम अनुसार कक्षा एघार, बाह्र र स्नातक पहिलो वर्षमा पनि एउटै सेरोफेरोमा रहेर अध्यन गर्नु पर्ने बाध्यता थियो । तर एसिया पब्लिकेसन्सले बजारमा ल्याएको ‘आमसञ्चार अध्ययन’ नामको यो पुस्तक मुख्यत कक्षा एघारमा पढ्ने बिद्यार्थीहरुका लागि भए पनि पत्रकारिता विषयमा आधारभूत प्रशिक्षण दिने प्रशिक्षक, पत्रकारिता गरिरहेका पेशाकर्मी अनि पत्रकारिता बुझ्न र सिक्न चाहने जो कोहीका लागि अति उपयोगी छ ।

पाठ्यक्रम विकास केन्द्रबाट पठनपाठनका लागि स्विकृति पाइसकेको यो पुस्तकमा आमसञ्चारको परिचय, पत्रकारिता, समाचार, संवाददाता र समाचार सङ्कलन, अनलाइन पत्रकारिता र सामाजिक सञ्जालबारे सटिक तरिकाले लेखिएको छ । आवश्यक उदाहरण र चित्रसहित प्रकाशन गरिएको यो पुस्तकमा पत्रकारिता बिषयमा विधागत रिपोर्टिङ, आलेख लेखन, खोजी रिपोर्टिङ, समाचार लेखन तथा सम्पादनबारे विषयगत ज्ञान र अभ्यासका कलाहरु प्नि समेटिएको छ । साथै पुस्तकमा समाचार लेखनबारे प्रयोगात्मक कार्यका लागि अलग्गै कक्षा पनि शमावेश गरिएको छ । यति मात्र नभएर पुस्तकमा पत्रकारिता विषयमा प्रयोग हुने भाषाका शब्दहरु अर्थ खुलाएर प्रस्तुत गरिएको छ । जसले न्युज रुम भनेको के हो, पीत पत्रकारिता भनेको के हो, टिआरपी, इम्बार्गो केलाई भनिन्छ आदि धेरै कुराहरु बुझन थप सहयोग मिल्दछ । पुस्तक तयार गर्दा लेखकद्धयले पाठयक्रमको उद्देश्य, तहगत सक्षमता र बिद्यार्थीको मनोविज्ञानलाई समेत ख्याल गरेर देखाइ, लेखाइ र भोगाइहरु प्राज्ञिक एवम् पठनीय सामाग्रीको रुपमा राखेकोले पुस्तक पढ्न बुझन सरल छ गुणस्तरीय कागज प्रयोग गरेर २०८ आठ पृष्ठमा प्रकाशन गरिएको यो पुस्तको मूल्य जम्मा २६५ रुपैयाँ मात्र छ ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक : अर्जुन कार्की
सम्पादक: अम्विका भण्डारी
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: