पत्रकार इन्द्रसिंहलाई पुरस्कृत

  प्रकाशित मिति
९ फाल्गुन २०७४, बुधबार १७:२५


झापा । गौरीशंकर स्मृति प्रतिष्ठान झापाले आदिवासी समुदायका अगुवा पत्रकार इन्द्रसिंह राजवंशीलाई गौरीशंकर स्मृति पत्रकारिता पुरस्कारबाट सम्मान गरेको छ ।

झापाको बिर्तामोडमा बुधबार प्रतिष्ठानले आयोजना गरेको खड्काको सातौं स्मृति दिवसमा पत्रकार राजवंशीलाई सम्मान तथा पुरस्कार प्रदान गरेको हो । कार्यक्रमका प्रमुख अतिथि झापा क्षेत्र नम्बर १ का सांसद राम कार्कीले नगद १५ हजार र सम्मान पत्रले परस्कृत गरेका थिए ।

पूर्व सञ्चार मन्त्रीसमेत रहेका कार्कीले खड्काको सादा जीवनको सबैले अनुसरण गर्नु पर्ने बताए । नेपालका दुई ठूला कम्युनिष्ट पार्टी एक भएको अवस्थामा गौरिशंकर जस्ता नेताको स्मृति मजवुत हुने कार्कीले बताए । उनले क्रान्तिमा लाग्ने योद्धाको स्मृतिमा विचार निर्माणका काममा जोड दिनु पर्ने बताए । उनले भने–‘हामीले परिकल्पना गरेको समाजवाद निर्माणका लागि विचार निर्माणको काममा जोड दिनुपर्छ ।’

माओवादी जनयुद्धमा पूर्वी नेपालमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने गौरिशंकर खड्का २०६४ सालको संविधानसभा निर्वाचनमा झापा क्षेत्र नं. २ बाट निर्वाचित भएका थिए । उनको सात वर्ष अघि क्यान्सरबाट मत्यु भएको थियो । सादा जीवनका धनी खड्का शान्त र बिनम्र स्वभावका धनी भएको कार्यक्रममा सहभागि बक्ताले धारणा राखेका थिए । उनको बिनम्र स्वाभावको सबैले अनुसरण गर्नु पर्नेमा जोड थियो ।

कार्यक्रममा माओवादी केन्द्र १ नम्बर प्रदेशका संयोजक साबित्री कुमार काफ्ले, एमाले झापाका अध्यक्ष चिन्तन पाठक, बिर्तामोड नगरपालिकाका प्रमुख ध्रुवकुमार सिवाकोटी, स्वर्गिय खड्काका दाजु कुलबहादुर खड्का, अग्रज पत्रकार गञ्जबहादुर दाहाल, पुरस्कृत व्यक्तित्व इन्द्रसिंह राजवंशीले स्वर्गीय खड्काको सादा जीवनको चर्चा गरेका थिए ।

प्रतिष्ठनले  सांसद् राम कार्की, समानुपातिक सांसद् धर्मशिला चापागाई, कुमारी मेचे, बिमला बिक, प्रदेश सांसद् पूर्णसिंह राजवंशीलाई सम्मान गरेको थियो । प्रतिष्ठानका अध्यक्ष पूर्सोत्तम चुँडालको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत भूपाल सापकोटाले र संचालन रमेश गुरागाईले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: