पत्रकार उपचार कोषलाई सञ्जीवनीको सहयोग

  प्रकाशित मिति
१६ फाल्गुन २०७६, शुक्रबार १९:४१


बिर्तामोड । नेपाल पत्रकार महासंघ झापा शाखाले स्थापना गरेको पत्रकार सहारा उपचार कोषका लागि बिर्तामोडस्थित सञ्जीवनी वचत तथा ऋण सहकारी संस्थाले २० हजार रुपैयाँ प्रदान गरेको छ ।

संस्थाको कार्यालयमा शुक्रबार आयोजित कार्यक्रमकावीच अध्यक्ष यामकुमार चुडाल, सचिव मेघराज बाँस्तोलाले कोषका संयोजक तथा पत्रकार महासंघका उपाध्यक्ष एकराज गिरीलाई उक्त रकम हस्तान्तरण गरको होे ।

संस्थाको सामाजिक उत्तरदायित्व अन्तर्गत पत्रकार उपचार कोषलाई सहयोग गरिएको अध्यक्ष चुडालले जानकारी दिए ।

कोषलाई रकम हस्तान्तरण कार्यक्रममा महासंघ प्रदेश सदस्य रेजिना रोदन, झापा शाखा सल्लाहकार गोपाल काफ्ले, कार्यसमिति सदस्य सुशिला संग्रौला, पत्रकारहरु सुरेन्द्र भण्डारी, रोहित काफ्ले, राजकुमार ओली, उद्धव पुरी, सन्तोष न्यौपाने, नन्दलाल खतिवडा लगायतको उपस्थिति रहेको थियो ।

महासंघका अध्यक्ष तारामणि सापकोटाले कोषको व्याजबाट घाइते तथा विरामी पत्रकारलाई सहयोग प्रदान गर्नसमेत थालिएको बताए ।

कोषमा हाल ४० लाख भन्दाबढी रकम जम्मा भइसकेको महासंघका उपाध्यक्ष तथा कोषका संयोजक एकराज गिरीले जानकारी दिए ।

पत्रकार महासंघको सदस्यता प्राप्त गरिसकेका एकसय भन्दा बढी पत्रकार समेत कोषको सदस्य भइसकेका छन् ।

पत्रकारको हितका लागि एक करोड रुपैयाँको अक्षयकोष बनाउने उद्देश्यसहित महासंघद्धारा सञ्चालित अभियानमा सबैले सहयोग गरिदिन महासंघले आग्रहसमेत गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक : अर्जुन कार्की
सम्पादक: अम्विका भण्डारी
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: