पत्रकार झापाली पुरस्कृत

  प्रकाशित मिति
६ भाद्र २०७३, सोमबार १८:२१


pic

दमक । दमकलाई कार्य क्षेत्र बनाएर उद्योग व्यवसायको उन्नति र विकासमा सहयोग पुर्याए वापत पत्रकार गोपाल झापाली पुरस्कृत भएका छन् ।

दमक उद्योग बाणिज्य संघले आफ्नो २५ औं बार्षिक साधारणसभाको अवसरमा झापालीलाई नगद ११ हजार ५ सय ११ रुपैयाँले सम्मान गरेको हो ।

नेपाल उद्योग वाणिज्य महासंघकी वरिष्ठ उपाध्यक्ष भवानी राणाको प्रमुख आतिथ्यमा सम्पन्न सभाले संघको बार्षिक प्रतिवेदन पारित गरेको छ ।

कार्यव्रmममा संघका अध्यक्ष प्रकाश प्रसाइँले भावी रणनीति तथा योजनासहितको प्रतिवेदन पेश गरेका थिए ।

त्यस्तै उद्योग व्यवसायका माध्यमबाट दमकलाई राष्ट्रिय अन्तर्राष्ट्रियस्तरमा चिनाउन सफल भएको भन्दै संघले प्रविण ढाका उद्योगकी सञ्चालिका निरमाया पुलामीलाई पनि वाणिज्य सम्मान गरेको छ ।

सोही अवसरमा वाणिज्य संघ स्थापनाको २५ बर्ष पूरा भएको उपलक्ष्यमा संघले प्रकाशन गरेको स्मारिका समेत सार्वजनिक गरिएको छ । कार्यक्रमकी प्रमुख अतिथि महासंघकी वरिष्ठउपाध्यक्ष राणाले स्मारिकाको विमोचन गरेकी थिइन् ।

संघको नयाँ नेतृत्व चयनका लागि आगामी भदौ २४ गते निर्वाचन गर्ने कार्यक्रम छ । नेतृत्वका लागि यसपटक संघका प्रथम उपाध्यक्ष गोकुल श्रेष्ठ, पूर्व द्वितीय उपाध्यक्ष राजेन्द्र ढकाल र निर्माण व्यवसायी संघ झापाका पूर्व अध्यक्ष गणेश बस्नेतको नाम बाहिर आएको छ ।

तीन वटै प्यानलले आआफ्नो प्रचार प्रसार समिति कार्यालय स्थापना गरी चुनावी दौडाहामा लागिसकेका छन् । 

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: