मेचीनगर । नेपाल पत्रकार महासंघ झापा शाखाका सदस्य डण्डिराज घिमिरेलाई पितृशोक परेको छ ।
गौरादह नगरपालिका–४ स्थित मजुवा निवासी उनका बुबा तारानाथ घिमिरेको ७३ बर्षको उमेरमा घरैमा शुक्रवार निधन भएको हो ।
घिमिरे एकवर्ष अघि पेटको ट्युमरको अप्रेसन गरी घरमै स्वास्थ्यलाभ लिईरहेका थिए ।
उनका श्रीमति सरस्वती घिमिरे, दुई छोरा–बुहारीहरु डण्डीराज– सरिता, युवराज–गोमा तथा छोरीहरु गंगा खतिवडा, शान्ता खतिवडा, कविता खतिवडा छन् ।
उनका छोरा डण्डीराज समरुप मिडिया प्रालिद्वारा सञ्चालित अनलाइन विचारका सञ्चालक तथा सम्पादक हुन् ।
गौरादह–१ स्थित जनता माध्यमिक विद्यालयका शिक्षक समेत रहेका पत्रकार घिमिरे नेकपा झापाका जिल्ला सदस्य समेत हुन् ।
स्व.घिमिरेको गौरादह–७ स्थित फकिढिप गेउरिया घाटमा हिन्दु परम्परा अनुसार शुक्रवार नै अन्त्यष्टि गरिएको पारिवारले जनाएको छ ।