पत्रकार पराजुली हिमशिखरमा पुनर्वहाली

  प्रकाशित मिति
२४ श्रावण २०७९, मंगलवार २२:१९


दमक, २४ साउन । पत्रकार भूमिराज पराजुलीलाई हिमशिखर टेलिभिजनले आज पुनर्वहाली गरेको छ ।

पराजुली सो टेलिभिजनका समाचार संयोजक रहेका छन् । वैदेशिक रोजगारीमा लगाइदिने भनी विदेशमा रहेका दाजुले गरेको आर्थिक लेनदेनको विवादमा उनी परिवन्दले मुछिएका थिए ।

लेनदेन हिसाबकिताब बुझाएर विभागबाट सफाई पाइसकेको पत्र प्राप्त भएकाले उनलाई साविककै जिम्मेवारीमा पुनर्वहाली गरिएको हिमशिखर टेलिभिजनका अध्यक्ष ध्रुव न्यौपानेले जानकारी दिए ।

टेलिभिजनले व्यक्तिगत लेनदेन विवादमा परेको आधारमा हतारमै जिम्मेवारीबाट हटाएको विज्ञप्ति जारी गरेको थियो । विभागले हिसाब मिलान गरी उनलाई साउन १८ गते सफाइ दिएको थियो ।

टेलिभिजन र पत्रकार पराजुली दुबैको नाम जोडेर अनर्गल समाचार आउन थालेकोमा समेत टेलिभिजनले आपत्ति जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक : अर्जुन कार्की
सम्पादक: अम्विका भण्डारी
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: