पत्रकार पर्वत र कर्मठ गङ्गादेवी पुरस्कृत

  प्रकाशित मिति
१९ चैत्र २०७३, शनिबार १८:३९


suseli 4 (1)मेचीनगर । सुसेली साहित्यिक परिवार का“करभिट्टाले बर्षेनी प्रदान गर्दै आएको ‘सुसेली प्रतिभा पुरस्कार’ यो वर्ष कान्तिपुर दैनिकमा आवद्ध पत्रकार पर्वत पोर्तेललाई प्रदान गरिएको छ ।

का“करभिट्टामा शनिवार आयोजित एक समारोहकावीच ११ हजार १ सय रुपैया“ राशीको उक्त पुरस्कार प्रदान गरिएको हो । यसअघि यो पुरस्कारवाट सर्जक विमल चिमरिया, सञ्चारकर्मी मोहन पौडेल र शान्ता वाँस्तोला सम्मानित भइसकेका छन् ।

साहित्यकार चुडामणि रेग्मीद्वारा आफ्नी श्रीमतीको नाममा स्थापित ‘वेदकुमारी रेग्मी कर्मठ महिला पुरस्कार’ झापा वाहुनडा“गी निवासी गङ्गादेवी ढुङ्गानालाई प्रदान suseli 3गरिएको छ ।

यो पुरस्कारको राशी १० हजार १ सय रुपैयाँ छ । दुवै पुरस्कार पूर्व सांसद एवम् ज्येष्ठ नागरिक समिति झापाका उपाध्यक्ष तारासम याङयाले हस्तान्तरण गरेका थिए ।

दुई दर्जन बढी कृति प्रकाशित गरिसकेका नेपाली झर्रो आन्दोलनका अगुवा चुडामणि रेग्मीको पछिल्लो कृति ‘समालोचनाको बटुलो’ सोही समारोहमा विमोचन भएको छ ।

रेग्मीको नया“ तथा पुराना टिप्पणीहरुको सङ्गालोलाई नया“ शैलीवाट विमोचन गरियो । मेची वस व्यवसायी सङ्घको भवनमा झापाका प्रतिष्ठित २५ जना सर्जकले संयुक्त suseli (2)रुपमा विमोचन गरे ।

कृति विमोचनमा उभिएका थिए भवानी क्षेत्री, कमल गुरागाई, आरती पोख्रेल, केन्द्रप्रसाद भट्टराई, चन्द्र भण्डारी, तेराख, यज्ञराज प्रसाईलगायतका सर्जकहरु ।

सोही अवसरमा सुसेली साहित्यिक परिवार झापाको वार्षिक अङ्कको रुपमा यसपटक ज्येष्ठ नागरिक विशेषाङ्क र साहित्यकार विजय खरेलको कृति ‘सम्झनाका तरेली’ पनि विमोचन भयो ।

कार्यक्रममा सुसेली विशेषाङ्कको टिप्पणी अध्यापक दामोदर ढुङ्गेलले गरेका थिए भने suseli (1)रेग्मीको कृति ‘समालोचनाको बटुलो’को टिप्पणी प्राध्यापक चुडामणि वाशिष्टले गरेका थिए ।

साहित्यकार विजय खरेलले आफ्नो कृति ‘सम्झनाका तरेली’वारे चर्चा गरेको कार्यक्रममा कञ्चनजङ्गा एफएमका प्रवन्ध निर्देशक चन्द्र भण्डारी, पत्रकार मोहन काजी, साहित्यकार ज्ञानेन्द्र ढुङ्गाना, नेपाल प्रज्ञा प्रतिष्ठानका प्राज्ञ सदस्य यज्ञराज प्रसाई, प्रमुख अतिथि पूर्व सांसद तारासम याङयालगायतले मन्तव्य व्यक्त गरेका थिए ।

सुसेली साहित्यिक परिवारका अध्यक्ष पुण्यप्रसाद खरेलको सभापतित्वमा भएको suseli 5कार्यक्रममा उपाध्यक्ष केन्द्रप्रसाद भट्टराईले स्वागत मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रम कनक कार्की, सुभद्रा अर्याल र ज्ञानेन्द्र ढुङ्गानाले पालैपाले सञ्चालन गरेका थिए ।

सोही अवसरमा गजलकारहरु प्रकाश सुवेदी, विशाल कडेल, लक्ष्मी ढुङ्गाना, नन्दी भट्टराई, आरती पोखरेल, सुभद्रा अर्याललगायतले साहित्यिक रचना वाचन गरेका थिए भने सर्जक मातृका सङ्ग्रौलाले गीत सुनाएका थिए ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: