मेचीनगर । कान्तिपुर दैनिकका उपसम्पादक पर्वत पोर्तेल आर्थिक पत्रकारिता पुरस्कारबाट आज सम्मानित भएका छन् ।
मेची उद्योग वाणिज्य सङ्घले आर्थिक क्षेत्रमा कलम चलाउने उत्कृष्ट पत्रकारलाई हरेक वर्ष पुरस्कृत गर्ने गरी १५ हजार रुपैयाँ नगदसहितको सो पुरस्कार स्थापना गरेको हो ।
सङ्घको १५ औँ वार्षिक साधारणसभाको अवसरमा आयोजित कार्यक्रममा मेचीनगर नगरपालिकाका प्रमुख विमल आचार्यले पत्रकार पोर्तेललाई नगद पुरस्कार र कदरपत्र प्रदान गरेका छन् ।
पुरस्कृत पोर्तेलले आफूले पाएको पुरस्कार राशीबाट ५ हजार रुपैयाँ झापाकै क्यान्सर रोगी सुभद्रा अधिकारीलाई प्रदान गरेका छन् । अधिकारी लामो समयदेखि क्यान्सर रोगबाट थलिएकी छिन् ।