पत्रकार बरालसहित अन्य सम्मानित

  प्रकाशित मिति
१४ माघ २०७६, मंगलवार २०:०६


मेचीनगर । मेचीनगरको दुहागढीमा रहेको बाल सुबोधिनी आधारभूत विद्यालयको मङ्गलबार सम्पन्न ५२ औं वार्षिकोत्सवमा पत्रकारसहित आधा दर्जन बढी सम्मानित भएका छन् ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष बाबुलाल सुब्बाको सभापतित्वमा सम्पन्न कार्यक्रममा आधा दर्जन व्यक्तिहरुलाई सम्मान गरिएको थियो । सम्मानित हुनेहरुमा पत्रकार विजय बराल, बर्ष उत्कृष्ट शिक्षक मेनुका सुवेदी, व्यवस्थापन समितिका पूर्व अध्यक्ष भोला सुवेदी, समितिका पूर्व सदस्यहरु लालमहमद मिया, माधवप्रसाद काफ्ले, ताजमदिन मिया, अक्षयकोष दाता रामप्रसाद रिजाल छन् ।

सम्मानित व्यक्तिहरुलाई कार्यक्रमका प्रमुख अतिथि प्रदेश सांसद गोपालचन्द्र बुढाथोकी, विशिष्ट अतिथि मेचीनगर १४ का वडा अध्यक्ष शङ्करप्रसाद पोखरेल, नेपाल रेडक्रस सोसाइटी झापा शाखाका सभापति लोकराज ढकाल र शिक्षक महासङ्घ झापाका निवर्तमान अध्यक्ष तेजप्रसाद चौलागाईंले संयुक्त रुपमा फुलमाला र प्रशंसापत्र प्रदान गरेका थिए ।

कार्यक्रममा समाजसेवी रामकुमार कन्दङ्वाले आफ्नी दिवङ्गत छोरी रञ्जना कन्दङ्वाको स्मृतिमा स्थापना गरिएको रञ्जना स्मृति छात्रबृत्तिबाट जनही १ हजार ५ सय रुपैयाँका दरले १४ जना छात्रालाई पुरस्कृत गरिएको थियो ।

त्यसैगरी, विभिन्न दाताहरुबाट स्थापना गरिएको अक्षयकोषबाट जनही २ हजार रुपैयाँ दरको रघुनाथ स्मृति छात्रबृत्ति, देवीप्रसाद नैनकला छात्रबृत्ति, जयप्रसाद राधादेवी छात्रबृत्ति, हिमादेवी छात्रबृत्ति, रामप्रसाद शिवमाया छात्रबृत्तिबाट २५ जना जेहेन्दार विद्यार्थीलाई पुरस्कृत गरिएको थियो ।

विविध साँस्कृतिक कार्यक्रम प्रस्तुत गरिएको कार्यक्रममा उत्कृष्ट विद्यार्थीलाई पुरस्कृत पनि गरिएको थियो । कार्यक्रममा विद्यालयका प्रधानाध्यापक विश्व थापाले वार्षिक प्रतिवेदन प्रस्तुत गरेका थिए ।

कार्यक्रममा विशिष्ट अतिथि मेचीनगर नगरपालिकाका शिक्षा अधिकारी होमनाथ भण्डारी, कार्यपालिकाकी सदस्य बिन्दा प्रसाईं, बिशिष्ट अतिथि पोखरेल र प्रमुख अतिथि बुढाथोकीले मन्तव्य राखेका थिए । शिक्षक पदमप्रसाद मिश्रले सञ्चालन गरेको कार्यक्रममा स्वागत बाल क्लबकी सचिव श्रेया काफ्लेले गरेकी थिइन् ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: