पत्रकार महासङ्घको चुनाव र गठबन्धन

  प्रकाशित मिति
२९ माघ २०७३, शनिबार १५:०१


FNJ-logo

यही फागुन ७ गते झापालगायत प्रदेश नम्बर १ का सबै जिल्लामा नेपाल पत्रकार महासङ्घका जिल्ला शाखाहरुको अधिवेशन सम्पन्न हुँदैछ । अधिवेशन भन्ने बित्तिकै अरु सबै कुरालाई ओझेलमा पार्दै नेतृत्व चयनको रस्साकस्सी मात्र बाहिरी चर्चामा आउँछ र यतिवेला त्यस्तै भइरहेको छ । झन् यो वर्ष त पत्रकार महासङ्घको नयाँ विधान अनुसार अधिवेशन सम्पन्न हुने हुनाले उमेद्वारको भीड नै लाग्ने निश्चित छ । महासङ्घको संशोधित विधान अनुसार जिल्ला कार्यसमितिमा केही पदहरु थपिएका छन् भने केन्द्रीय पार्षद र प्रदेशको पार्षद पनि जिल्ला अधिवेशनबाटै छनोट गर्नुपर्ने भएकाले झापा शाखामा मात्र उमेद्वार मात्रै ८० जना हुन्छन् । झापा जहाँ सबै राजनीतिक दलका शुभेच्छुक संस्थाका रुपमा पत्रकार सम्बद्ध संस्थाहरु पनि व्रिmयाशील छन् ।

त्यसकारण पनि यहाँ पत्रकारहरुको संस्थागत उपस्थिति जनाउँदा पनि कम्तिमा २ वटा समूहको उमेद्वारी दर्ता हुने निश्चित छ । यो आलेख तयार गर्दा सम्म सङ्ख्यात्मक रुपमा सबैभन्दा ठुलो सङ्गठनका रुपमा रहेको एमाले निकट पत्रकारहरुको सङ्गठन प्रेस चौतारी झापाले आफ्ना उमेद्वारहरुको नाम सार्वजनिक गरिसकेको छ । अन्य कुनै सङ्गठनसँग साँठगाँठ नगरी एकलौटी ढङ्गबाट उमेद्वार सार्वजनिक गरेको चौतारीले गोपाल काफ्ले नेतृत्वमा समूह चुनावी मैदानमा उतारेको छ । चौतारीको उमेद्वारी नामावली हेर्दा सङ्गठन आफूले भन्दा पनि माउ पार्टीले हस्तक्षेप गरेको देखिन्छ भलै त्यो बिषय बाहिर चर्चा हुने बिषय भएन । यता काङ्ग्रेस निकट मानिने नेपाल प्रेस युनियन सहित माओवादी केन्द्र निकट प्रेस सेन्टर, राप्रपा निकट मिडिया नेपाल, आदिवासी जनजाति पत्रकार सङ्घ फोनिज, सङ्घीय प्रेस फोरम, आदिवासी पत्रकार सङ्घ र स्वतन्त्र पत्रकारहरुलगायत ६ वटा सङ्गठनले सहमति गरेर एउटै प्यानल घोषणा गर्ने जनाएका छन् । तर, आजका दिन सम्म उक्त गठबन्धनबाट उमेद्वारको नाम चयन गर्न सकेको अवस्था भने छैन । त्यसको प्रमुख कारण तिन बर्ष अघि नै तत्कालीन क्रान्तिकारी पत्रकार सङ्घ र प्रेस युनियन बिच भएको व्रmान्तिकारी पत्रकार सङ्घलाई नेतृत्व दिने र अन्य पद मिलाएर उमेद्वारी दिन सहमति गरेको भए पनि अहिले पुरानो सहमतिमा भएका सङ्गठनदेखि बाहेकका मिडिया नेपाल, सङ्घीय प्रेस फोरम, आदिवासी जनजाति पत्रकार सङ्घ फोनिज, आदिवासी पत्रकार सङ्घलगायतका सङ्गठनहरु तथा स्वतन्त्र पत्रकारहरुको समेतको एउटै मोर्चा बनिएकाले पदीय भागबण्डाका कारण गठबन्धनको उमेद्वारी चयनमा ढिलाई भइरहेको देखिन्छ ।

नेपाल पत्रकार महासङ्घ झापा शाखामा पछिल्ला वर्षहरुमा केही तीता नमिठा घटनाहरु भएका छन् । त्यस्ता घटना दोहोरिन नदिन पनि साझा संस्थाको रुपमा पत्रकार महासङ्घलाई स्थापित गराउन जरुरी छ । सबैको विषयमा आवाज उठाउने तर आफ्नो संस्थाका सदस्यता छनोटदेखि अन्य प्रव्रिmयागत विषयलाई पारदर्शी बनाउन नसक्दा पत्रकार महासङ्घ सबै पत्रकारहरुको संस्था बन्न नसकिरहेको हो कि भन्ने भान हुन थालेको छ । अझै सदस्यता वितरणमा भएको राजनीतिकरणले त महासङ्घलाई नङ्ग्याएको छ । शाखाले ३० जनाको नाम सिफारिस गर्ने अनि राजनीतिक प्रभावका भरमा केन्द्रबाट थप १५ जनाको सदस्यता प्राप्त गराउने खेल यस वर्ष पनि दोहोरियो त्यसले महासङ्घ झापा शाखाको साख झन् गिराउने कार्य गरेको छ ।

राजनीतिक प्रभावका भरमा पत्रकार महासङ्घको सदस्यता प्राप्त गर्नुपर्ने र राजनीतिक प्रभावकै आधारमा उमेद्वार चयन हुने मात्र होइन, निर्वाचित हुने पनि अवस्था रहुञ्जेल पत्रकार महासङ्घ पत्रकारहरुको संस्था कम र राजनीतिक कार्यकर्ताहरुको बढी हुने निश्चित छ । यस्तो अवस्थामा पत्रकार महासङ्घको जिम्मेवारीमा पुगेर पनि आमपत्रकारको हितमा खासै काम गर्न सक्ने अवस्था रहँदैन । त्यसको उदाहरण भनेको झापाली पत्रकारहरुलाई पटक–पटक दलगत रुपमा आक्रमण हुँदा पनि पत्रकार सम्बद्ध सङ्घ संस्थाले गरेको पहल कमजोर सावित हुनु नै हो । त्यसैले साँच्चै पत्रकारहरुको साझा थलो बनाउन र पत्रकारकै हकहितको विषयको चर्चा थलोका रुपमा विकसित गराउनेतर्फ पत्रकार अगुवाहरुले ध्यान दिन जरुरी भइसकेको छ ।

झापाकै कुरा गर्ने हो भने त यसपालि नयाँ सदस्यता प्राप्त गरेका मध्ये केही पत्रकार साथीहरुको शैक्षिक योग्यतामा नै प्रश्न खडा भएको छ । पत्रकार महासङ्घको संशोधित विधानको धारा ४ बमोजिम पत्रकारको सदस्य हुनलाई महिला र अन्य आरक्षित समूह बाहेकले न्यूनतम् कक्षा १२ वा सो सरहको परीक्षा उत्तीर्ण गरेको हुनु पर्नेछ तर झापामा त्यस प्रावधानको विपरीत सदस्यता सिफारिस भएका छन् ।

त्यसैले यस्तो विकृति र विसङ्गतिलाई सधैँका लागि अन्त्य गर्दै पत्रकार महासङ्घलाई पत्रकारहरुको साझा संस्था बनाउन अझै केही बिग्रिहालेको छैन । सबैले पहल गर्ने हो भने त्यो सम्भव छ । तर, त्यसका लागि दलगत चश्मा उतारेर विशुद्ध पत्रकारिताको हित र पत्रकारको हकका बारेमा सोचेर अगाडि बढ्नु जरुरी छ । अन्त्यमा, पत्रकार महासङ्घ झापा शाखा एउटा नमूना शाखा बनाउनेतर्फ काम गर्नु सफल हुनुहोस् । आगामी नेतृत्वका लागि चुनावी मैदानमा हुनु हुने सबै साथीलाई शुभकामना ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: