पत्रकार मुखियालाई सहारा सहकारी पुरस्कार

  प्रकाशित मिति
२७ मंसिर २०७७, शनिबार १६:४७


झापा, मंसीर २७ । सहारा नेपाल सहकारी संस्था लिमिटेडले स्थापना गरेको सहारा सहकारी पत्रकारिता पुरस्कार यस वर्ष नेपाल पत्रकार महासंघ झापाका सहसचिव एवम् नेपाल टेलिभिजनका झापा संवाददाता इन्द्रजित मुखियालाई प्रदान गरिएको छ ।

बिर्तामोडमा मुख्य कार्यालय रहेको सहकारीको २४ औं वार्षिक साधारणसभाको अवसरमा मुखियालाई रु.२५ हजार नगद राशीको उक्त पुरस्कार प्रदान गरिएको हो ।

कार्यक्रमको प्रमुख अतिथि प्रदेशका नम्वर १ का भूमि व्यवस्था कृषि तथा सहकारी राज्यमन्त्री रामकुमार रानाले मुखियालाई सम्मान गरेका थिए ।

अढाई दशक अघिबाट टेलिभिजन पत्रकारिता सुरु गरेका पत्रकार मुखियाले पाएको पुरस्कारको रकम मध्ये ५ हजार ५ सय ५५ रुपैयाँ डिकमान विरही स्मृति पत्रकारिता पुरस्कारका लागि प्रदान गर्ने घोषणा गरेका छन् ।

सहारा सहकारी पत्रकारिता पुरस्कार प्राप्त गर्ने मुखियाले यस अघि नेपाल टेलिभिजनले सहासिक पत्रकारिता र उत्कृष्ट जिल्ला संवाददाताको रुपमा पुरस्कृत गरिसकेको छ ।

पत्रकारितामा इमान्दारिता र लगनशिलता नै सफलताको आधार हो भन्ने ठानेका मुखियाले आफ्नो संस्था बाहिर पहिलोपटक पुरस्कृत हुन पाउँदा गौरव लागेको बताए । उनले यो पुरस्कारले आफूलाई थप जिम्मेवार र लगनशील भएर अघि बढ्न प्रेरणा मिलेको बताए ।

सहकारीका कार्यवहाक अध्यक्ष हरिवहादुर निरौलाको अध्यक्षतामा भएको कार्यक्रममा सामाजिक विकास राज्य मन्त्री जशमाया गजमेर, नेफ्स्कुनका सदस्य घनश्याम अधिकारी, बिर्तामोड नगरपालिका २ का वडा अध्यक्ष नगेन्द्र संगौला, लगायतले मन्तव्य व्यक्त गरेका थिए ।

सहकारीका कार्यकारी निर्देशक महेन्द्र कुमारले सहकारीको नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए । सहकारीका उपाध्यक्ष उप्रेन्द्र प्रसाद ओलीले स्वागत गरेको कार्यक्रम चित्रकला ओली र शुक्रवहादुर तामाङले सञ्चालन गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक : अर्जुन कार्की
सम्पादक: अम्विका भण्डारी
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: