पत्रकार रेग्मीसहित दर्जन बढी सम्मानित

  प्रकाशित मिति
३० चैत्र २०७३, बुधबार १७:१४


julan g

धुलाबारी । मेचीनगर–९ धुलाबारीको हाम्रो बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड (हाबस) ले लोकतन्त्र पोस्ट दैनिकका कार्यकारी सम्पादकसहित दर्जन बढीलाई सम्मान गरेको छ ।

संस्थाको बुधवार धुलावारीमा सम्पन्न २२ औँ बार्षिकोत्सवमा कार्यकारी सम्पादक झुलन रेग्मीसहित अन्यलाई सम्मान तथा पुरस्कृत गरिएको हो । पत्रकारिताको माध्यमबाट सहकारीका गतिविधिमा योगदान पु¥याएको भन्दै पत्रकार रेग्मीलाई नगदसहित सम्मान गरिएको हो ।

संस्थाका अध्यक्ष हरिचरण बानियाँको सभापतित्वमा सम्पन्न वार्षिकोत्सव कार्यक्रममा जेष्ठ नागरिकहरुमा मोहनकुमार खड्का, छविलाल फुयाँल, विष्णुमाया बानियाँ, गङ्गामाया काफ्ले, शेरबहादुर राउत, नारदमणि ढुंगाना, बलबहादुर खत्री, गोकुलचन्द्र राजवंशी, भिमप्रसाद चापागाई, कर्णबहादुर राई, प्रेमप्रसाद बानियाँ र मोहनप्रसाद बानियाँलाई सम्मान गरियो ।

त्यसैगरी, उत्कृष्ट बचतकर्तामा कल्पनादेवी दाहाल र नित्यानन्द चौलागाई सम्मान गरिएको थियो । उत्कृष्ट कर्जा कारोबार गर्ने मध्येबाट अम्बिका परियार र प्रविन खडकालाई पनि सम्मान गरिएको थियो । त्यस्तै, कृषि पेशामा निरन्तर लागि रहेका युवा कमल खड्कालाई सम्मानसहित एकथान स्प्रे ट्याङ्की प्रदान गरिएको हावसका सञ्चालक सदस्य चक्रपाणि खनालले बताए ।

त्यस्तै उत्कृष्ट कर्मचारीतर्फ राजेश बानियाँ, उत्कृष्ट सहकारीकर्मीका रुपमा योगेन्द्र खनाल र उत्कृष्ट उपसमिति सदस्यबाट टिकादेवी थापालाई सम्मान गरिएको सञ्चालक सदस्य लोहितप्रसाद चापागाईले बताए । बाल वचत खाता खोली कारोबार सुरु गर्ने कविना थापालाई समेत कार्यक्रममा सम्मान गरिएको थियो ।

कार्यव्रmममा डिभिजन सहकारी कार्यालय झापाका प्रमुख दुर्गाप्रसाद न्यौपाने, जिल्ला सहकारी संघ झापाका उपाध्यक्ष महेन्द्र गिरी, मेचीनगर साकोसका अध्यक्ष कमल काफ्ले, रेडियो सरगमका प्रबन्ध निर्देशक ज्ञानेन्द्र निरौला, पुरस्कृत पत्रकार झुलन रेग्मी, पर्शुराम तिम्सिनालगायतले शुभकामना मन्तब्य राखेका थिए ।

हाबस सहकारी धुलावारी क्षेत्रकै पुरानो र ठुलो कारोवार गर्ने संस्था हो । संस्थाको आर्थिक वर्ष २०७३ फागुन मसान्तसम्मको शेयर पुँजी ३ करोड ७३ लाख २६ हजार ६ सय रुपैयाँ रहेको छ । कार्यक्रम उपाध्यक्ष भगिरथ शर्मा सुवेदीको स्वागत र व्यवस्थापक देवेन्द्र काफ्लेको सञ्चालनमा सम्पन्न भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: