पत्रकार रेजिनासहित चार सम्मानित

  प्रकाशित मिति
११ माघ २०७७, आईतवार २०:१३



विर्तामोड ११ माघ । चुडाल बन्धु कल्याण समितिको १३ औं बार्षिक साधारणसभा तथ सातौं अधिवेशनको अवसर पारेर विभिन्न क्षेत्रका उत्कृष्ठ व्यक्तिहरुलाई सम्मान तथा पुरस्कृत गरिएको छ ।

कार्यक्रममा भद्रप्रसाद चुडालले दिवंगत श्रीमती हिमादेवी चुँडालको नाममा स्थापना गरेको हिमादेवी अक्षयकोषबाट नेपाल सरकारका पूर्व सहसचिव कुलप्रसाद चुडाल, जनआन्दोलन साप्ताहिकका कार्यकारी सम्पादक रेजिना गौतम, श्रीप्रसाद–जशोदा चुडाल पुरस्कारबाट अर्जुनधारा–३ निवासी उमा घिमिरे चुडाल, एसइइ उत्कृष्ठ छोरी आयुषा चुडाललाई सम्मान पत्र र नगदसहित सम्मान तथा पुरस्कृत गरिएको छ ।

त्यस्तै चुडाल बन्धुको कुलको मन्दिर निर्माणकर्ताहरु भद्रप्रसाद चुडाल, जयप्रसाद चुडाल, गोपाल चुडाल, दुर्गादेवी चुडाल, रमादेवी चुडाल, सरस्वता चुडाल प्रसाई, लिलादेवी चुडाल प्रसाई, सितादेवी चुडाल प्रसाई, डम्बरकुमारी चुडाल पाठकलाई संयुक्त सम्मान गरिएको थियो । सम्मानित चुडाल बन्धुहरुले १७ लाख १८ हजार ७११ रुपैयाँको लागतमा कुलको मन्दिर निर्माण गरेको बताइएको छ ।

त्यस्तै सचिवालय निर्माण दाता भीष्म चुडाल, स्तम्भ तथा वाटिका निर्माणका दाता दिपक चुडाल र सामाजिक अभियान्ताका रुपमा जनकल्याण समाजका कर्मचारी रञ्जीता नेपालीलाई सम्मान गरिएको थियो ।

कार्यक्रममा नवनिर्मित कुल मन्दिरको कार्यक्रमका प्रमुख अतिथि कुलप्रसादले रिवन काटेर उद्घाटन गर्नुका साथै मन्दिरको मुल ढोकाको चावी संस्थाका अध्यक्ष विष्णुप्रसाद चुडाललाई हस्तान्तरण गरिएको थियो ।

संस्थाका अध्यक्ष विष्णुप्रसाद चुडालको अध्यक्षता तथा नेपाल सरकारका पूर्व सहसचिव कुलप्रसाद चुडालको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा प्रमुख अतिथि कुलप्रसाद, विशिष्ठ अतिथिहरु नेपाली कांग्रेस झापाका सभापति उद्धव थापा, चुडाल बन्धुका भान्जा भक्ति सिटौला, कनकाई नगरपालिका वडा नं।–३ का वडाध्यक्ष प्रेमबहादुर कट्वाल, लक्ष्मी भेट्वाल, टिका लामिछाने लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

बरिष्ठ उपाध्यक्ष गोमा चुडालले स्वागत गरेको कार्यक्रममा संस्थाको सांगठानिक प्रतिवेदन प्रस्तुत तथा कार्यक्रमको सञ्चालन महासचिव प्रेमप्रसाद चुडाल प्रकाशले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक : अर्जुन कार्की
सम्पादक: अम्विका भण्डारी
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: