पत्रकार लक्ष्मी उप्रेती र प्रतिक न्यौपाने पुरस्कृत

  प्रकाशित मिति
६ आश्विन २०७४, शुक्रबार १४:०३


puruskar

धुलावारी । प्रेस क्लव मेचीनगरले नगरमै पहिलोपटक स्थापना गरेका दुई वटा पत्रकारिता पुरस्कार शुक्रवार वितरण गरिएको छ ।

मेचीनगर पत्रकारिता पुरस्कार जनसंसद दैनिकका समाचार संयोजक तथा सूर्योदय टेलिभिजनका मेचीनगर व्यूरो प्रमुख लक्ष्मी उप्रेतीलाई प्रदान गरिएको हो । यसैगरी, पत्रकारिता प्रोत्साहन पुरस्कार रेडियो सरगमका समाचार संयोजकको प्रतिक न्यौपानेलाई प्रदान गरेको हो ।

मेचीनगर पत्रकारिता पुरस्कारको राशी नगद ११ हजार १ सय ११ रुपैयाँसहित सम्मान पत्र रहेको छ । पत्रकारिता प्रोत्साहन पुरस्कारको राशी नगद ५ हजार ५ सय ५५ रुपैयाँ र सम्मान पत्र छ । पत्रकारिताको पेशागत मर्यादा, पत्रकारिता आचारसंहिताको पालना गर्दै आफ्नो उत्तरदायित्व बोध सहितको पत्रकारिताले देश र समाजको निरन्तर सेवा गरेको भन्दै पत्रकारद्वयलाई यो पुरस्कार प्रदान गरिएको हो ।

प्रेस क्लब मेचीनगरले स्थापना गरेको दुवै पुरस्कार शुक्रबार धुलावारीमा आयोजित कार्यक्रममा वितरण गरिएको हो । पुरस्कार कार्यक्रमका प्रमुख अतिथि मेचीनगर नगरपालिका प्रमुख विमल आचार्य नेपाल पत्रकार महासंघ झापा शाखाका अध्यक्ष तारामणि सापकोटाले प्रदान गरेका थिए ।

puruskar 5

प्रेस क्लब मेचीनगरका अध्यक्ष सन्तोष आचार्यको सभापतित्वमा सम्पन्न क्लबको दोस्रो अधिवेशन तथा पुरस्कार वितरण समारोहमा पुरस्कृत व्यक्तित्वहरुका बारेमा नेपाल पत्रकार महासघका पूर्व केन्द्रीय सदस्य मोहन काजीले चर्चा गरेका थिए । सुष्मा राजवंशीले लक्ष्मी उप्रेती र सुजन प्रधानले प्रतिक न्यौपानेको सम्मान पत्र वाचन गरेका थिए ।

अध्यक्ष आचार्यले वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै मेचीनगर पत्रकारिता पुरस्कार १० वर्षदेखि निरन्तर पत्रकारिता गरिरहेका सक्रिय पत्रकार मध्येबाट एक जनालाई र प्रोत्साहन पुरस्कार १ वर्षदेखि सक्रिय पत्रकारिताको अभ्यास गरिरहेका मध्येबाट १ जनालाई प्रदान गर्ने जानकारी दिए ।

हरेक अधिवेशनमा ९दुई वर्षमा० वितरण गर्ने गरी पुरस्कार प्रदान गरिने प्रतिवेदनमा उल्लेख छ । कार्यक्रममा बोल्दैं प्रमुख अतिथि नगर प्रमुख आचार्यले मेचीनगरको समग्र विकासका लागि मेचीनगरमा क्रियाशील सञ्चारकर्मी सञ्चारमाध्यमको उल्लेखनिय योगदान हुने भएकाले अघि बढ्न सुझाँव दिए । उनले पत्रकारहरुलाई कुनै पनि राजनीतिक दलको कार्यकर्ता नभई पत्रकारिता पेशालाई अनुशासित, मर्यादित, निष्पक्ष र व्यवस्थित बनाउनुपर्नेमा जोड दिए ।

मेचीनगरका पत्रकारिता विकासका लागि नगरपालिकाले जस्तो सुकै सहयोग गर्ने उनले प्रतिवद्धता व्यक्त गरे । कार्यक्रममा उपप्रमुख मिना पोखरेल उप्रेती, नेपाल पत्रकार महासंघका पूर्व महासचिव चन्द्र भण्डारी, पूर्व केन्द्रिय सदस्य मोहन काजी,नेपाल पत्रकार महासंघ झापा शाखाका अध्यक्ष तारामणि सापकोटा, अग्रज पत्रकार एवम् नेपाल रेडक्रस सोसाईटि झापा शाखाका अध्यक्ष लोकराज ढकाल, नेपाल बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष रामचन्द्र उप्रेती, राप्रपाका मेचीनगर अध्यक्ष सुशील आचार्य, पुरस्कृत व्यक्तित्वकातर्फबाट लक्ष्मी उप्रेतीलगायतले बोलेका थिए ।

कार्यक्रमको सञ्चालन सचिव ज्ञानेन्द्र निरौला र स्वागत उपाध्यक्ष अम्बिका भण्डारीले गरेकी थिइन् ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: