पत्रकार लक्ष्मी र प्रतिकलाई मेचीनगरको पहिलो पुरस्कार

  प्रकाशित मिति
२ आश्विन २०७४, सोमबार ११:१५


44444444444444444

धुलाबारी । मेचीनगरमा पहिलोपटक स्थापना गरिएको ‘मेचीनगर पत्रकारिता पुरस्कार’ पत्रकार लक्ष्मी उप्रेतीलाई र पत्रकारिता प्रोत्साहन पुरस्कार पत्रकार प्रतिक न्यौपानेलाई प्रदान गरिने भएको छ ।

प्रेस क्लव मेचीनगरले स्थापना गरेको सो पुरस्कारको राशी क्रमशः ११ हजार १११ र ५ हजार ५५५ रहेको छ ।

मेचीनगर क्षेत्रमा रहेर १८ बर्षदेखि निरन्तर पत्रकारिता गरिरहेका उप्रेती जनसंसद् दैनिकका समाचार संयोजक र सूर्योदय टेलिभिजनको मेचीनगर व्यूरो प्रमुखको  जिम्मेवारीमा छन् । त्यसैगरी पत्रकार न्यौपाने विगत तीन बर्षदेखि रेडियो सरगमको समाचार संयोजकको रुपमा कार्यरत छन् ।

3.33333333jpg

२०७१ साल असारमा पत्रकारिताको श्रीवृद्धिका लागि मेचीनगरका क्रियाशील पत्रकारहरुले सन्तोष आचार्यको अध्यक्षतामा प्रेस क्लब मेचीनगरको स्थापना गरेका थिए ।

क्लवले सोमबार धुलाबारीमा पत्रकार सम्मेलनको आयोजना गरी दुवै पुरस्कार यही असोज ६ गते क्लवको दोस्रो अधिवेशनमा वितरण गरिने जनाएको छ ।

नेपाल पत्रकार महासंघका अध्यक्ष तथा कार्यक्रमका प्रमुख अतिथि तारामणि सापकोटाले दुवै पुरस्कार घोषणा गरेका थिए ।

pppp

क्वलका अध्यक्ष सन्तोष आचार्यको अध्यक्षतामा सम्पन्न कार्यक्रममा  सचिव ज्ञानेन्द्र निरौलाले सञ्चालन गरेका थिए भने क्लवका सल्लाहकार तथा नेपाल पत्रकार महासंघका पूर्व केन्द्रीय सदस्य मोहन काजीलगायतले पुरस्कृत हुने उप्रेती र न्यौपानेलाई शुभकामना प्रदान गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: