पत्रकार सन्तोष आचार्यको ‘रिडर्स गफ’ लोकार्पण

  प्रकाशित मिति
२६ आश्विन २०७८, मंगलवार २२:२१


विर्तामोड, २६ असोज । पत्रकार सन्तोष आचार्यको ‘रिडर्स गफ’ नामक कृति आज लोकार्पण भएको छ ।

वरिष्ठ साहित्यकार पुण्यप्रसाद खरेलले विर्तामोडको शिक्षा सहकारी सभाहलमा आयोजित एक कार्यक्रममा पुस्तकको लोकार्पण गर्दै कृति गहकिलो र स्तरीय भएको बताए ।

विचार मञ्च अनलाइनका सम्पादक तथा सूर्योदय टेलिभिजनका अन्तरवार्ताकार आचार्यको यो पहिलो प्रकाशित कृति हो ।

विभिन्न राजनीतिक तथा सामाजिक विषयवस्तुलाई आधार बनाएर पत्रपत्रिकामा उनी रिडर्स गफ स्तम्भमा लेख लेख्दै आएका थिए । तिनै लेखको संगालोको रुपमा कृति प्रकाशित भएको हो ।

रिडर्स झापाका संस्थापक अध्यक्ष तथा लेखक उज्ज्वल प्रसाईले कृतिले समयको चोटिलो आवाज बोलेको जनाउँदै झापाली पत्रकारहरु सृजनशील बन्नु पर्ने आफ्नो मान्यता रहेको बताए ।

प्रकाशकका तर्फबाट मिडिया रिसर्च सेन्टरका प्रमुख तथा पत्रकार तीर्थ सिग्देलले रिडर्स गफ लेखकको सशक्त कलमको उपज रहेको बताए ।

कृतिको भाषा सम्पादन गरेका विश्वविद्यालयका शिक्षक जनार्दन दाहालले रिडर्स गफ निबन्ध संग्रह भएको र यसमा यात्रा संस्मरण, शैक्षिक बेथिति, राजनीति र दर्शन, समाज सुधार, चेलीबेटी बेचविखन, देशप्रेम लगायत स्थानीय विषयवस्तु समेटिएको बताए ।

कहिलकाहिँ गफहरु पनि स्तम्भ लेखनका खुराक हुने जनाउँदै दाहालले निबन्धमा बहुलबादी दृष्टिकोण र सामाजिक विकृति विसंगतिको चिरफार भएको बताए ।

पत्रकार सरोज पौडेलले सञ्चालन गरेको लोकार्पण समारोहमा साहित्यकार कुमार भट्टराई, साहित्यकार लीला अनमोल र कृतिकार आचार्यले आफ्ना धारणा र पुस्तकको रचनागर्भका विषयमा बोलेका थिए ।

कार्यक्रममा पत्रकार, प्राध्यापक र साहित्यकारहरुको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: