मेचीनगर, २६ भदौ । बाराका पत्रकार वीरेन्द्र साहको हत्यामा संलग्न हरेराम पट्टेल १२ वर्षपछि पक्राउ परेका छन् ।
प्रहरी उपरीक्षक कृष्णप्रसाद पगेनीका अनुसार निजलाई प्रहरीले बाराको कोल्बी नगरपालिका वडा नं. ४ सफाइ टोलबाट विहीबार दिउँसो ३ बजे पक्राउ गरेको हो ।
२०६४ असोज १८ गते साबिक गाविस ढोढिया पिपरा बजारबाट तत्कालीन माओवादीले चारकोसे जङ्गलमा लगी गोली हानी पत्रकार साहको हत्या गरेका थिए । हत्या भएको ३४ दिनपछि पत्रकार साहको शव फेला परेको थियो ।
पत्रकारका वीरेन्द्र साहको हत्यारा चार जना यसअघि पक्राउ परको र अझै एक जना फरार रहेका छन् ।
यसअघि बारा जिल्ला अदालतले पक्राउ परको दुई जनालाइ सर्वस्वसहित जन्मकैद गरेको थियो ।