पद छाड्दा धुरुधुरु रोइन् रामकुमारी झाक्री

  प्रकाशित मिति
१२ असार २०७९, आईतवार १९:१५


मेचीनगर, १२ असार । मन्त्री पद छाड्ने घोषणा गर्नुपर्दा सहरी विकास मन्त्री रामकुमारी झाक्री आज पत्रकार सम्मेलनमै धुरुधुरु रोइन् ।

उनको यो रुवाईलाई लिएर सामाजिक सञ्जालमा नकारात्मक टिकाटिप्पणी भइरहेका छन् ।

उनले ८ महिनाभन्दा केही बढी मन्त्री भएर राजकीय अनुभव गरिन् । तर, पद त्याग्ने उनको यो घोषणा बाध्यकारी थियो ।

किनकि नेकपा एकीकृत समाजबादीले गठबन्धन सरकारमा रहेका आफ्ना तीन साता अघि नै चार मन्त्रीलाई फिर्ता बोलाउने निर्णय गरिसकेको थियो ।

पार्टीको निर्णय अटेर गर्दै उनीसहितका मन्त्रीहरुले पद छाड्न आलटाल गर्दै आएका थिए ।

यसैगरी, आजै पत्रकार सम्मेलन गरी पद छाडेको घोषणा गरेका पर्यटन मन्त्री प्रेम आले भने रोएनन् । उनले आफ्नो कामलाई ९० प्रतिशत सफलताको अंक दिए ।

मन्त्री आलेले आफ्नो बोल्ने शैलीमा केही कमजोरी रहेको स्वीकार गर्दै आफु बोलीमा भन्दा एक्सनमा विश्वास गर्ने बताए ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक : अर्जुन कार्की
सम्पादक: अम्विका भण्डारी
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: