परराष्ट्रमन्त्रीमा डा. नारायण खड्का

  प्रकाशित मिति
६ आश्विन २०७८, बुधबार १२:११


झापा, ६ असोज । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री शेरबहादुर देउवाको सिफारिशमा परराष्ट्र मन्त्रीमा डा. नारायण खड्कालाई नियुक्त गरेकी छिन् ।

२०७४ को आम निर्वाचनमा उदयपुर क्षेत्र नंं १ बाट निर्वाचित डा. खड्का देउवा नेतृत्वको सरकार गठन भएको ७२ दिनपछि मन्त्री नियुक्त भएका हुन् ।

डा. खड्का परराष्ट्र मन्त्री नियुक्त भएसँगै आज बेलुका संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गरेर न्यूयोर्क जाँदैछन् ।

डा. खड्का यसअघि सुशील कोइराला नेतृत्वको सरकारमा सहरी विकास मन्त्री भैसकेका छन् । उनी कृष्णप्रसाद भट्टराई नेतृत्वको सरकारमा राष्ट्रिय योजना आयोगको उपाध्यक्ष थिए ।

खड्काको शपथ ग्रहण समारोह दिउँसो १ बजे हुने भएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: