परामर्श लिन एक्सपर्टमा झुम्मिए विद्यार्थी

  प्रकाशित मिति
१९ जेष्ठ २०७६, आईतवार २०:५९


बिर्तामोड । अस्ट्रेलिया अध्ययनका लागि इच्छुक दर्जनौं विद्यार्थीले आइतवार विर्तामोडको एक्सपर्ट एजुकेसन एन्ड भिसा सर्भिसेजमा आयोजित सेमिनारबाट निःशुल्क शैक्षिक परामर्श लिएका छन् ।

सेमिनारमा अस्ट्रेलियाका ११ वटा विश्वविद्यालयबाट आएका प्रतिनिधिहरुले नेपाली विद्यार्थीहरुलाई शैक्षिक परामर्श दिएका थिए ।

सेमिनारमा विभिन्न विश्वविद्यालयबाट आएका प्रतिनिधिहरु लक्ष्मण बेलबासे (आइटी म्यानेजर सिड्नी), नरिन्दर गिल (एएसएमआई), किरण खनाल (यूएसक्यू सिड्नी कलेज) र रोशन घिमिरे (क्यूआईबीए एन्ड ब्राइटन)ले आफ्नो शैक्षिक प्रतिष्ठानको बारेमा सहभागीलाई जानकारी दिएका थिए ।

सुनिल श्रेष्ठ (टोरेन्स युनिभर्सिटी), अनिस नयर (एजुकेशन सेन्टर अस्ट्रेलिया), श्रीशा चौधरी (कप्लान बिजनेश स्कूल), टेरी मेलोन (होम्स इन्स्टिच्युट) र हामिस डेभिज (स्टडी ग्रुप एससीयु)ले सहजीकरण गरेको कार्यक्रममा एक्सपर्टका प्रमुख कार्यकारी अधिकृत (सीइओ) सन्जीव शर्माले अस्ट्रेलिया शिक्षा नेपाली विद्यार्थीका लागि आकर्षक गन्तब्य भएको धारणा व्यक्त गरेका थिए ।

एक्सपर्ट बिर्तामोड शाखा प्रमुख कृष्ण खतिवडाका अनुसार अस्ट्रेलिया अध्ययन गर्न जान चाहने विद्यार्थीका लागि उत्कृष्ट शैक्षिक परामर्श दिँदै आएको एक्सपर्टमा वर्षको ४ पटक यस्तो सेमिनार गरिँदै आएको छ ।

सेमिनारमा सहभागी चारपानेका दिवस ओलीले आफु अस्ट्रेलियामा आइटी पढ्न जाने तयारीमा रहेको र एक्सपर्टमा शैक्षिक परामर्श लिन आएको बताए ।

विर्तामोडको कञ्चनजङ्घा उमाविबाट विज्ञानमा कक्षा एघार उत्तीर्ण गरिसकेका ओलीले हालै कक्षा १२ को परीक्षा समेत दिइसकेका छन् ।

यसैगरी, अर्जुनधारा–२ का विवेक लामिछानेले एक्सपर्टको सेमिनारबाट अस्ट्रेलियाको शिक्षा, रहनसहन, संस्कृति, सिटीहरु, युनिभर्सिटीहरु, स्कलरशिप र रोजगारीको अवसर बारेमा प्रशस्त जानकारी पाएको बताएका छन् ।

उनी विर्तामोडको कोहेड कलेजबाट विज्ञानमा प्लस टु पढिसकेका विद्यार्थी हुन् । सेमिनारमा झापा, मोरङ र इलामबाट परामर्श लिन विद्यार्थी आएका थिए ।
……………

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: