परालको कुनिउँमा आगलागी

  प्रकाशित मिति
१८ जेष्ठ २०७७, आईतवार १६:३३


।। गगन ढकाल ।।

मेचीनगर । मेचीनगर–३ स्थित हात्तिसुडे टोलमा आइतबार आगलागी भएको छ ।

दिउँसो १ बजे स्थानीय आसलाल राईको परालको कुनिउँमा आगलागी हुँदा घरगोठ हुँदै गाउँसम्म आगो फैलिएको थियो ।

राईले एक बिगाहा जग्गाको परालको कुनिउँमा आगो लागेको बताए ।

स्थानीयले आगो नियन्त्रण गर्न नसकेपछि मेचीनगर नगरपालिकाको दमकल आएको थियो ।

स्थानीयको सहयोगमा दमकलले आगो नियन्त्रणमा ल्याउन झण्डै एक घण्टा लागेको थियो ।

सबैको सहयोगमा आगो नियन्त्रण भएकाले मानविय क्षति हुन पाएन ।

एक बिगाहा जग्गाको परालको कुनिउँमा आगलागी हुँदा करिव ३० हजार रुपैयाँ बराबरको क्षति भएको स्थानीयले अनुमान गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: