झापा, १४ भदौ (रासस) । च्याउ खेतीका लागि पराल काट्ने क्रममा थ्रेसर मेसिनले टाउको च्यापेर आज झापाका कनकाई नगरपालिकामा एक व्यक्तिको ज्यान गएको छ ।
कनकाई नगरपालिका–२ निवासी २४ बर्षीय विकास लिम्बूको चलिरहेको थ्रेसर मेसिनले टाउको च्यापेर घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
जिप्रका झापाका प्रवक्ता राकेश थापाका अनुसार हरि कार्कीको घरमा च्याउ खेतीका लागि पराल काट्नका लागि मे १ त ६४४७ नम्बरको ट्याक्टरमा थ्रेसर मेसिन जडान गरिएको थियो ।
अचानक मेसिनमा दिउँसो १ः ३० बजे मेसिनमा च्यापिएर चालक लिम्बूको मृत्यु भएको प्रहरीले जनाएको छ ।