थिएटरको अध्यक्षमा पुनः कविता

  प्रकाशित मिति
२३ असार २०७३, बिहीबार १०:०६


pariwartan

मेचीनगर । परिवर्तन थिएटर काँकडभिट्टाको वुधवार सम्पन्न साधारण सभावाट अध्यक्षमा पुनः कविता नेपाल निर्वाचित भएकी छन् ।

समितिको उपाध्यक्षमा लीला विष्ट, सविचमा विमला चिमरिया, सहसचिवमा शिशिर चम्लागाईं र कोषाध्यक्षमा सविता पोख्रेल निर्वाचित भए । सदस्यहरुमा विशाल कडेंल, सम्झना सुव्वा, लोमस पौडेल र अभिशेक गड्तौला चयन भए ।

साधारण सभाले केन्द्रप्रसाद भट्टराई, दिपक पोख्रेल, मीना उप्रेती, सन्तोष आचार्य, राधा प्रधान कार्की र चन्दा शाही विमलीलाई सल्लाहाकार मनोनित गरेको छ ।

काँकडभिट्टा खानेपानी तथा सरसफाइ कार्यालयका प्रमुख दिपक पोख्रेलको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा प्रमुख अतिथि पोख्रेल, विराट क्षेत्र पर्यटन प्रवद्र्धन विकास समितिकी सदस्य मीना उप्रेती, पत्रकारहरु सन्तोष आचार्य र पर्वत पोर्तेलले थिएटरलाई सल्लाह र सुझाव दिए ।

अध्यक्ष कविता नेपालले वार्षिक प्रतिवेदन र कोषाध्यक्ष सविता पोख्रेलले आर्थिक प्रतिवेदन पेश गरे । उपाध्यक्ष लीला विष्टले स्वागत मन्तव्य व्यक्त कार्यक्रमको संचालन सचिव विमला चिमरियाले गरेकी थिइन् ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: