परिवर्तन थिएटरमा ‘राजाको नयाँ लुगा’

  प्रकाशित मिति
३ जेष्ठ २०७५, बिहीबार १५:५४



काँकरभिट्टा परिवर्तन थिएटर मेचीनगरले नाटक ‘राजाको नयाँ लुगा’ मन्चन गर्दैछ ।

काँकरभिट्टास्थित मेची सामुदायिक भवनको थिएटर हलमा शुक्रवारदेखि तीन दिनसम्म नयाँ नाटक मञ्चन हुने भएको हो । थिएटरले विहीवार पत्रकार भेटघाट गरी नाटकवारे जानकारी गराएको थियो । प्रसिद्ध डेनिस लेखक हान्स क्रिश्चयन एन्डरसनको कथा ‘द इम्पेरियर्स न्यू क्लोथ’ को नेपाली रुपान्तरण हो ‘राजाको नयाँ लुगा’ । नाटकलाई युवा रंगकर्मी सागर खातीले निर्देशन गर्दैछन् ।

खाती काठमाडौको मण्डला थिएटरका उत्पादन हुन् । उनले मण्डलामा सिकेको शिपलाई आफ्नै क्षेत्रमा प्रयोग गर्ने प्रयत्न गरेको बताए ।

नाटकमा विभिन्न वाल कलाकारहरुको प्रस्तुती रहने छ । आयुष खतिवडाले नाटकमा मुख्य भूमिका निर्वाह गर्ने छन् । उनीसंगै मनिषा, सुष्मा, सजिता, सोनिया, क्रिसला, कोपिला, निर्मल, मृदुल, आफ्रिन, सम्झना, कल्पना, विराज, अभिषेक, पूजा र गणेशको अभिनय हेर्न सकिने छ ।

परिवर्तन थिएटरकी अध्यक्ष कविता नेपालले झापामै पहिलो पटक नाटक घर स्थापना गरेरै नियमित नाटक प्रदर्शन शुरु गरिएको बताइन् । यसअघि थिएटरले ‘सुनामी’ नामक एकल नाटक प्रदर्शन गरेको थियो । यसमा सुष्मा पोख्रेलले अभिभनय गरेकी थिइन् ।

थिएटरकी उपाध्यक्ष लीला विष्टले नाटक हेर्ने वानीको विकास गर्न पनि थिएटरले नियमित नाटक प्रदर्शन गर्न थालेको बताइन् । उनले भनिन्,‘समाजलाई नाटक वारे थाहा दिन र नाटक हेर्ने वानीको विकास गर्न नियमित मञ्चन शुरु गरेका हौ ।’

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: