पर्खालले किचर भारतीय नागरिकको मृत्यु

  प्रकाशित मिति
१५ माघ २०७३, शनिबार १९:३८


झापा । झापाको मेचीनगरमा शनिबार विहान पर्खालले किचेर एक भारतीय मजदूरको मृत्यु भएको इलाका प्रहरी कार्यालय काँकडभिट्टाले जनाएको छ ।
मृत्यु हुनेमा विहार घर भएका भारतीय नागरिक ५५ बर्षीय सुवोल सिंह रहेका छन् । मेचीनगर–१ खयरडाँगीमा नाली खन्ने क्रममा चाम्लिङ रेष्टुरेन्टको अगाडिको पर्खाल खसेर लाग्दा उनी घाइते भएका थिए ।

घाइते सबोललाई उपचारका लागि विर्तामोडस्थित विएण्डसी हस्पिटल लगिएको थियो । उनको उपचारकै क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

उनीसँगै नाली खन्ने काम गर्ने अन्य तीन जना घाइते भएका छन् । घाइते हुनेहरुमा सोही ठाउँका २२ बर्षीय विरण सिंह, १९ बर्षीय तिलक सिंह र २१ बर्षीय नाहिर आलम रहेको प्रहरीले जनाएको छ । उनीहरु तीनै जनाको विएण्डसी हस्पिटलमा उपचार भइरहेको छ ।

मृतक सुबोलको शबलाई पोस्टमार्टमका लागि मेची अञ्चल अस्पताल लगिएको इलाका प्रहरी कार्यालय काँकडभिट्टाका प्रहरी नायब उपरीक्षक दुर्गा रेग्मीले बताए ।

मेचीनगर नगरपालिका कार्यालयको दिएको ५८ लाख रुपैयाँको लागतमा १५ दिन अघिदेखि निर्माण कार्य सुरु भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: