पर्यटकीय क्षेत्र बन्दै कैंदले वन

  प्रकाशित मिति
१७ जेष्ठ २०७३, सोमबार ०३:३७


खुदुनाबारी । भुटानी शरणार्थी तेस्रो मुलुक पुनर्वास भएपछि खुदुनाबारी–९ को कैंदले वन उराठलाग्दो बन्दै गएको थियो । अहिले यो वन शीतल, स्वच्छ र हराभरा बन्दै गएको छ ।

स्थानीय जुकेखाडी सामुदायिक वनले कैंदले क्षेत्रलाई पर्यटन क्षेत्रको रुपमा विकास गरेसँगै सो क्षेत्रमा परिवर्तन आएको हो । जुकेखाडी वनले कैंदले क्षेत्रमा गोलाकार सुन्दर पोखरी निर्माण कार्य सम्पन्न गरिसकेको छ । अत्यन्तै सुन्दर, मनमोहक र प्रशस्त पर्यटकीय सम्भावना बोकेको कैंदलेलाई जुकेखाडी वनले कार्ययोजनामा समेत समावेश गरी पर्यटन विकासमा जुटेको हो ।

‘पहिलो चरणमा पोखरी निर्माणको काम हामीले सम्पन्न गरिसकेका छौँ’, समूहका अध्यक्ष दिव्य कट्टेलले भने । बाल उद्यान, धार्मिक, सङ्घसंस्थाको पहिचान झल्कने, नेपालको पहिलो जडीबुटी प्रसोधन र उत्पादन लगायतका काम समेत कार्ययोजनामा राखिएको अध्यक्ष कट्टेलले बताए ।

वनले १ लाख २५ हजार र खुदुनाबारी गाविसको ५ लाखको संयुक्त लगानीमा पोखरी निर्माण गरिएको सचिव धरणीधर खतिवडाले बताए । करिब १ सय हेक्टर क्षेत्र रहेको कैंदले वनलाई नाङ्गा डाँडापाखामा मलेसियन साल, टिक, मसला कदम लगायतका बहुउपयोगी प्रजातिका विरुवा वृक्षारोपण गर्दै हराभरा बनाउँदै लगिएको छ । सामुदायिक वनको क्षेत्रमा वृक्षारोपण गर्ने उद्देश्यले टिक, कदम, टाँकी, च्याव्रmासी लगायतका प्रजातिका बिरुवा नर्सरी गरिँदैछ ।

काठ, दाउरा मात्र सामुदायिक वनको मुख्य स्रोत हो भन्ने बुझाइ रहँदै आएको छ । तर, झापामा छुट्टै पहिचान बनाएको जुकेखाडी वनले वनक्षेत्रको दिगो व्यवस्थापन, मुलुकको अर्थतन्त्रको विकास, स्थानीय उपभोक्ताको सामाजिक विकास, जीवीकोपार्जनको सुधार र वातावरणीय सन्तुलन कायम गर्दै अघि बढ्दै गएको छ । यो क्षेत्रलाई पर्यटन एवम् धार्मिक क्षेत्रको रुपमा अघि बढाउन सके स्थानीय बेरोजगारी र अर्ध बेरोजगारी केही हदसम्म हट्नेछ भने जीवीकोपार्जनमा समेत टेवा पुग्ने देखिन्छ ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: