पर्यटकीय स्थल बन्दै खुट्टीडाँगी वन

  प्रकाशित मिति
२९ बैशाख २०७३, बुधबार १०:०१


1
मेचीनगर । मेचीनगर–५ र ६ स्थित खुट्टीडाँगी सामुदायिक वनलाई पर्यटकीय क्षेत्रको रुपमा विकास गर्न थालिएको छ । केही वर्षयता झापाका सामुदायिक वनहरू पर्यटकीय क्षेत्रको रुपमा विकास भई भरपर्दाे आर्थिक स्रोतको माध्यम बन्दै गएका छन् । यसै व्रmममा खुट्टीडाँगी वनलाई पनि पर्यटकीय क्षेत्र बनाउने लक्ष्यका साथ वन पदाधिकारी तथा उपभोक्ताहरू कम्मर कसेर लागेका छन् ।

१४ हेक्टर क्षेत्रफल भएको यस वनलाई पर्यटकीय विकास गर्न मेचीनगर नगरपालिकाले आर्थिक वर्ष २०७२÷०७३ को बजेटबाट १५ लाख रुपैयाँ विनियोजन गरेको थियो । अहिले सोही रकमले वनभित्र रहेको सिमसार क्षेत्रमा पोखरी निर्माण भइरहेको संस्थाकी सचिव रेनुका डाँगीले बताइन् । उनका अनुसार एक विगाह क्षेत्रमा बनाउँदै गरेको उक्त पोखरीमा केही महिनाभित्रै डुङ्गा सञ्चालनमा ल्याउने तयारी भइरहेको छ । अहिले २ वटा स्काभेटर (भ्याकु) लगाएर खन्ने काम धमाधम भइरहेको छ ।

बनले २ वर्ष अघि २ वटा हावा घर बनाएर पर्यटकीय आकर्षणको केन्द्र बनाउने थालनी गरेको थियो । साथै बच्चाहरूका लागि चिल्ड्रेन पार्क बनाउने तयारी भए पनि आर्थिक अभावका कारण काम गर्न नसकिएको वनका अध्यक्ष टङ्कबहादुर नेपालले बताए ।

‘सबैथोक पैसा रहेछ’, अध्यक्ष नेपालले भने–‘सानो क्षेत्र थोरै आम्दानी हुने भएकाले भने जस्तो काम गर्न सकिएको छैन । वनलाई पर्यटन क्षेत्रमा परिवर्तन गर्ने भनिए पनि धेरै काम रकम अभावका कारण गर्न सकिएको छैन ।’

यसो त यो वनका उपभोक्ताहरूले दुई वर्ष अघिदेखि नै वनबाट पाउने सुविधा कटौती गर्ने प्रतिवद्धता गरेका छन् । उनीहरूले वनको स्तर उन्नतिका लागि भन्दै पाउने सुविधालाई कटौती गरेका हुन् ।

गाउँको बीचमा रहेको यो वनमा वनभोज खाने र घुम्ने पर्यटकहरूका लागि उपुयक्त स्थान भएको कार्यालय सचिव राजु धिमालले बताए । यातायात, सञ्चार, खानेपानी, विजुलीलगायतको सुविधा भएको यस क्षेत्रलाई केही वर्ष भित्रमै झापाको नमुना पर्यटकीय क्षेत्र बनाउने लक्ष्य रहेको सचिव रेनुका डाँगीले जानकारी दिइन् ।

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: