पर्यटक आगमनमा गिरावट

  प्रकाशित मिति
२६ पुष २०७२, आईतवार १०:०७


kkv
मेचीनगर । भारतीय नाकाबन्दी र मधेस हड्तालका कारण सन् २०१५ मा पूर्वी नाका काँकरभिट्टा भएर भित्रिने पर्यटकको सङ्ख्या घटेको छ । नेपाल पर्यटन वोर्डको काँकरभिट्टा कार्यालयका अनुसार सन् २०१४ को दाँजोमा सन् २०१५ मा यस नाकाबाट भित्रिने तेस्रो मुलुकका पर्यटकको आगमनमा १० प्रतिशतले गिरावट आएको छ ।

सन् २०१४ मा यस नाकाबाट ९ हजार ९ सय ६७ जना तेस्रो मुलुकका पर्यटक भित्रिएका थिए भने सन् २०१५ मा यो सङ्ख्या घटेर ८ हजार ९ सय ३० जना मात्र रहेको छ ।

भारतको कोलकाता, दार्जीलिङ र सिक्किम हुँदै विदेशी पर्यटक काँकरभिट्टाबाट अध्यागमन प्रव्रिmया पूरा गरेर नेपाल भित्रिने गरेका छन् ।
पूर्वी नाकाबाट भित्रिने तेस्रो मुलुकका पर्यटकमध्ये सबैभन्दा धेरै सङ्ख्या बङ्गलादेशी नागरिकको रहेको छ । यस नाकाबाट भित्रिने पर्यटकको आधा भन्दा बढी सङ्ख्या बङ्गलादेशीकै रहेको पर्यटन बोर्डकी सूचना अधिकारी सुस्मिता दाहाल बताउँछिन् ।

उनका अनुसार सन् २०१४ मा ५ हजार ३ सय २८ र सन् २०१५ मा ५ हजार ५५ जना बङ्गलादेशी पर्यटक नेपाल भित्रिएका छन् । त्यसपछि अमेरिका, बेलायत, भूटान, डेनमार्क, दक्षिण कोरिया, अस्ट्रेलिया, जापान लगायतका मुलुकका नागरिक उल्लेख्य सङ्ख्यामा काँकरभिट्टा नाकाबाट नेपाल भित्रिने गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: