पर्यटनमन्त्रीसहित ७ जनाको हेलिकप्टर दुर्घटनामा मृत्यु

  प्रकाशित मिति
१५ फाल्गुन २०७५, बुधबार १५:४७


मेचीनगर । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रविन्द्र अधिकारीको हेलिकोप्टर दुर्घटनामा निधन भएको छ ।
उनीसहित ७ जना चढेको डाइनास्टिक हेलिकोप्टर ताप्लेजुङ जिल्लामा आज दिउँसो दुर्घटना भएको हो ।
मन्त्री अधिकारी, प्रधानमन्त्रीका निजी सचिव युवराज दाहाल, यति एयरलायन्सका अध्यक्ष आङछिरिङ शेर्पा, नागरिक उड्डयन प्राधिकरणका उपमहानिर्देशक वीरेन्द्र श्रेष्ठ, हेलिकप्टरका क्याप्टेन प्रभाकर केसी, मन्त्रीका पीएसो अर्जुन घिमिरे र अर्का एक जनाको दुर्घटनामा मृत्यु भएको छ ।
ताप्लेजुङ जिल्लाकी सहायक प्रमुख जिल्ला अधिकारी गीताकुमारी राईले सदरमुकाम फुङलिङबाट ३ घण्टाको पैदल दुरीमा मन्त्रीसहितको डाइनेस्टीक हेलिकप्टर दुर्घटना भएको बताइन् ।
दुर्घटनास्थलमा जलेको अवस्थामा ७ वटा शब फेला परेको छ । शब डढेको कारण पहिचान हुन सकेको छैन ।
दुर्घटनास्थल फुङलिङ नगरपालिकाको वडा नं. १० स्थित सिस्नेमा रहेको छ ।
मन्त्री अधिकारीसहितको टोली तेह्रथुमको चुहानडाँडास्थित प्रस्तावित विमानस्थलको सम्भाव्यता अध्ययन गर्न हेलिकप्टर चढेर काठमाडौंबाट आज विहान ८ बजे आएको थियो ।
चुहानडाँडामा अध्ययन सकेर अन्यत्र प्रस्थान गरिसकेपछि हेलिकप्टर सम्पर्कविहीन भएको थियो । हेलिकप्टरमा आगो लागेको बताइएको छ । स्थानीयवासीले आगोको मुस्लो देखेको बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: